एमालेको कम्युनिस्ट सरकार ढलेपछि नेपाली कांग्रेसले गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन स-शरिर उपस्थित भएर दाबी प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसका सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेश गर्नुभएको हो । यद्यपि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्ति गर्न ढिला गर्नुभएको छ । प्रदेश प्रमुखले गरेको ढिलाई प्रति रातभरमा गर्न सिने षड्यंत्रको आशंका गरिएको छ। यससंगै प्रदेश प्रमुख विवादमा तानिने देखिन्छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन नसकेपछि एमालेको कम्युनिस्ट सरकार  ढल्न पुगेको थियो । 

नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ सहित प्रदेश प्रमुख कार्यालय पुगेर कांग्रेस नेता नेपालीले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनुभएको छ ।

कांग्रेसका सांसदहरू कृष्णचन्द्र नेपाली पोखरेल, ओमकला गौतम, कुमार खड्का, कोपिला बोहोरा, चिन्तबहादुर घले, डोबाटे विश्वकर्मा, प्रकाशचन्द्र दवाडी, विन्दुकुमार थापा, भगवतीप्रकाश मल्ल, मणिभद्र शर्मा, मनकुमारी गुरुङ, मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, विष्णुप्रसाद लामिछाने र सरिता गुरुङ प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो ।

माओवादी केन्द्रका हरिबहादुर चुमान, आशा कोइराला, गायत्री गुरुङ, चन्द्रबहादुर बुढा, दीपक कोइराला, दीपक थापा, दिलमाया रोका मगर गौतम, मधुमाया अधिकारी गुरुङ, रामजीप्रसाद बराल ‘जीवन’, लेखबहादुर थापा मगर र विनोद केसी प्रदेश प्रमुख कार्यालयमा पुग्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चाका पियारी थापा र खिमविक्रम शाही, जनता समाजवादी पार्टी, नेपालका हरिशरण आचार्य र धनमाया लामा पोखरेल तथा स्वतन्त्र सांसद राजिव गुरुङ  प्रदेश प्रमुखको कार्यालय पुगेर कांग्रेसका नेता नेपालीलाई मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *