पोखरा- केन्द्र देखि चल्दै आएको राजनीतिक उतारचढावको प्रभाव गण्डकी प्रदेशमा पनि प्रत्यक्ष देखिएको छ । केपी ओली सरकारको एकलौटी पनको शिकार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बन्न पुग्नुभएको छ ।

वैशाख २९ गते ठूलो दलका हैसियतले मुख्यमंत्री बन्नू भाएका गुरुङले संविधानिक व्यवस्था बमोजिम एक महिनाभित्र विश्वासको मत लिनु पर्थ्यो त्यसै क्रममा जेठ २७ गते विश्वासको मत मागेका मुख्यमन्त्रीको विश्वासको पक्षमा २७ मत मात्र प्राप्त भएको छ । बिपक्षमा ३० मत प्राप्त भएको र दुई सांसद अनुपस्थित रहेका साथै एक सांसद ले कुनैपनि पक्षमा मतदान नगरेका थिए। साठी सदस्य रहेको प्रदेश सभामा ३१ मत आवश्यक थियो तर २७ मत मात्र प्राप्त भएकाले उक्त प्रस्तावको पक्षमा नतिजा आउन सकेन अन्तत्वगत्वा मुख्यमन्त्री गुरुङ को नेतृत्वमा रहेको प्रदेश सरकार ढल्न पुग्यो ।

यससँगै विपक्षी गठबन्धनका तर्फबाट प्रस्तावित गरिएका कृष्णचन्द्र नेपाली भावी मुख्यमन्त्रीको रूपमा आउने देखिन्छ ।

साठी सदस्य प्रदेशसभामा एमालेको २७ नेपाली कांग्रेसको १५ माओवादीको १२ राष्ट्रिय जनमोर्चाको ३ र जसपा २ र एक स्वतन्त्र सांसद रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *