दमौली–तनहुँको सदरमुकाम दमौली बजारको व्यास न.पा. वडा नं ३, जिल्ला प्रहरी कार्यालय पछाडी रहेकोे नेशनल एपोलो हस्पिटल प्रा. लि. र त्यसको सञ्चालक चुडामणि दाहालको चरित्र हत्या गर्ने हेतुले एक अनलाइन मिडियाले सामाजिक सञ्जलमा रहेको भन्दै समावेश गरिएको फोटोलाई आधार मानी भ्रम छर्ने गरी कपोलकल्पित र मनगणन्ते कुराहरु समावेश गर्दै जेठ महिनामा दुई पटकसम्म प्रकाशित समाचारमा कुनै सत्यता नरहेको उक्त अस्पतालले जनाएको छ ।

हस्पिटलले विज्ञप्ती प्रकाशित पश्चात उक्त हस्पिटलमा गएर दमौली बजार डटकमले समाचारको बारेमा भएका सत्यता के कति छन् भनी खोजी गर्दा सबै कागजातहरु देखाउँदै सञ्चालक दाहालले समाचार प्रकाशित अनलाइन मिडियालाई सत्यतथ्य समाचारको लागि सबै कागजात देखाउन तयार छु भन्दा अस्पतालमा नआउने र कोठामा बसेर दुई तीन बर्ष अगाडीको फोटोहरु राखी कोठे भ्रामक समाचार प्रकाशन गरेकाले आवश्यक छानविन गरि कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिएको जनाउनु भएको छ ।

हस्पिटलको ताजा तस्विर

कोरोनाको बढ्दो संक्रमणका बेला सरकारी अस्पताललाई सहयोग पुग्ने गरी कोरोना संक्रमितको हितमा काम गर्दै आइरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूको समेत मनोबल उच्च बनाउनुको सट्टा भ्रामक समाचार प्रकाशित गरि अस्पताल र स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित गर्ने गरि भ्रामक समाचार सम्प्रेषण गरिएकाले उक्त मिडियालाई आवश्यक कार्वाहीका लागि उजुरी दर्ता गराएका हौं दाहालको भनाई थियो ।

दमौली कै स्वास्थ्य ब्यवसायीहरु र केही स्वास्थ्य कर्मीहरु समेत आफ्नो विरुद्धमा नियोजित रुपमा लागेको उहाँको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *