दमौली- तनहुँको जेठो नगरपालिका व्यास नगरपालिका क्षेत्र भित्र छाडा पशु एवं गौ संरक्षण गर्न निर्माण गरिएको संरक्षण केन्द्र र व्यास नगरपालिकाकै शहरी क्षेत्रबाट नीस्कने कुहिने फोहोरबाट बायोग्यास प्लाण्ट निर्माण गरिएको क्षेत्रमा विश्व वातावरण दिवसको अवसर पारेर घाँसको बिरुवा रोप्ने काम सम्पन्न भएको छ ।

घांसको विरूवा रोप्दै अध्यक्ष तुलसीराम सापकोटा

दुम्सी भतेरीमा रहेको उक्त गौ संरक्षण क्षेत्रमा व्यासनगरपालिका वडा नं १० का अध्यक्ष तुलसीराम सापकोटाले वडरको बिरुवा रोपेर उक्त कार्य को उद्घाटन गर्नुभएको हो ।

नायब सुब्बा भाग्यशाली ढुंगानाले जिल्ला वन कार्यालयबाट माग गरी ल्याएको टांकी, निगारों,बर्रो, राइखनियां, बडर र बकाइनो जातिका ५२ वटा बिरुवा उक्त क्षेत्रमा रोपिएको हो । बिरुवा रोपे पश्चात उक्त क्षेत्रमा रहेका नकुहिने फोहरहरू समेत टिपिएको थियो ।

कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष यज्ञप्रसाद शर्मा, गौ संरक्षण समितिका अध्यक्ष प्रजापति सापकोटा, पत्रकार,र स्थानीय युवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित वडा अध्यक्ष सापकोटाले भुईगाँस सँगसँगै डालेघाँस पनि निर्माण गर्न सकेमा गाईलाई शित्तल हुने, वातावरण पनि स्वच्छ हुने र घाँसको लागि पनि सहज हुने हुँदा घांसका बिरुवामा जोड दिएको र यसले वातावरण संरक्षणमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *