दमौली-जारी निषेधाज्ञाको समयमा अप्ठ्यारोमा परेका गरिब, असहाय र कोभिडको प्रभावले असजिलो अवस्था सिर्जना भएका अति विपन्न परिवारहरुलाई स्वतःस्फूर्त सहयोग गर्न तयार छु भन्दै खुला आह्वान गरेका व्यास 10 खहरे निवासी युवा व्यवसायी विशाल गिरीले दुई विपन्न र मिर्गौला पीडित परिवारलाई घरमै पुगेर सहयोग गर्नुभएको छ ।

मंगलबार दाल, चामल सहित खाद्यान्न बोकेर घरमै पुग्नुभएका गिरी र ब्यास १० डिहिगाउँका युवा नेतृत्व ईश्वर पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं ११ कोकलडाँडाका विपन्न परिवार ९२ बर्षिय कृष्णमाया पुलामी र नाबालक सहित को परिवारलाई उक्त सहयोग गर्नुभएको छ । “छाक बसेको खबर पाएपछि उक्त परिवारको अवस्था बुझेर तत्काल खाद्यान्न आवश्यकता भएको जानकारी पाएपछि सहयोगका लागि खाद्यान्न लिएर गएका हौं” व्यवसायी गिरीको भनाई थियो । खाद्यान्न पाएपछि पुलामी परिवारले खुसी व्यक्त गरेका थिए ।

युवा ब्यवसायी विशाल गिरी सहयोग लिएर घरघरमा

यसरी नै सहयोगको क्रममा ब्यास १०, सेवर निवासी मृगौलापीडित गोविन्द बि क को परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको छ । लामो समयदेखि दुवै मिर्गौलाले काम नगरेपछि धेरै रकम खर्च गरेर उपचार गराई रहन परेकाले परिवारमा अप्ठ्यारो हुँदै आएको थियो । “युवावस्थामै मिर्गौला खराब भएपछि परिवारमा कठिनाई हुँदै आएको जानकारीमा आयो, अप्ठ्यारो अवस्था सिर्जना भएको समयमा मानवीय सहयोग आवश्यकता पर्दछ भन्ने ठानेर खाद्यान्नसहित को सहयोग गर्न आएका हौँ” युवा नेतृत्व पौडेलको भनाई थियो । सहयोग प्राप्त गरेपछि केही समयका लागि भए पनि जोहो टार्न सकिने अवस्था भएको छ तर उपचारमा रकम अभाव हुँदा अवस्था जटिल बन्दै गएको छ पीडित बि क को प्रतिक्रिया थियो । आफ्नो उपचारमा पनि सहयोग गर्न पिडित वि क को आग्रह थियो।

युवा नेतृत्व इश्वर पौडेल मृगौला पिडितको घरमा

गिरी र पौडेलले यस अगाडि पनि नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका मार्फत राहत सहयोग जुटाएर खाद्यान्न वितरण गर्ने कार्यमा सहयोग गर्दै आउनुभएको थियो ।

फेसबुक मार्फत सार्वजनिक अपिल तस्वीर: विशाल गिरी को फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *