दमौली– तनहुँको सदरमुकाम दमौलीमा रहेका सम्पूर्ण बैंकहरुको संगठन बैंकर क्लब अफ दमौलीले बैंकमा काम गर्ने प्रत्येक कर्मचारीहरुबाट रकम संकलन गरि व्यास नगरपालिकाले सञ्चालन गरेको आईसोलेशनका लागि दुई थान अक्सिजन कन्सनटेटर हरु (दुई लाख चौहन्न हजार रुपैया बराबरको) हस्तान्तरण गरेको छ ।


बिहिबार विहान ब्यास नगरपालिकाको सभाहलमा गएर उक्त सामाग्री हस्तान्तरण गरिएको हो । बैंकर कर्मचारीहरु सबैको प्रतिनिधित्व गर्दै उक्त सामाग्री बैंकर क्लव अफ दमौलिका अध्यक्ष राजु राना लगाएतकाे टाेलीले व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नु भएको छ। हस्तान्तरण पश्चात मेयर न्यौपानेले विषम परिस्थितिमा आवश्यकताका आधारमा सामाग्रीहरु हस्तान्तरण गर्नुभएकोमा सम्पूर्ण बैक एवं त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो । सामान हस्तान्तरण गर्दै संस्थाका सचिव सुदिप न्यौपानेले फेसबुक स्टाटसमा लेख्नुभएको छ आशा राख्दछौ यस विषम परिस्थितिमा दमौली स्थित रहेका सम्पूर्ण बैंकरहरुको व्यक्तिगत सहयोगले स्थानिय जनता तथा तनहुँ बासिको जीवनरक्षामा महत्त्वपूर्ण भुमिका प्रदान गर्नेछ ।
यस अगाडी लायन्स क्लब अफ तनहुँ दमौलीले पनि स्थानीय जनताको जीवनरक्षाका लागि १ लाख २७ हजार वराबरको एक थान अक्सिजन मेसीन व्यास नगरपालिकालाई हस्तान्तरण गरेको थियो। लायन्स कल्ब अफ तनहुँ दमौलीका अध्यक्ष सरोज भण्डारी ले ब्यास नगर पालिकाका मेयर बैकुण्ठ न्यौपानेलाई सो मेसिन हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *