दमौली– समयमा कोरोना संक्रमित व्यक्तिहरूको रिपोर्ट आउन नसकेपछि व्यास नगरपालिकाले संचालन गर्न लागेको PCR परीक्षण ल्याब निर्माण कार्यका लागि सिर्जनशील दिदीबहिनी समूह व्यास–४ ले नगरपालिकाको कार्यकक्षमै पुगेर छिटै यस कार्य सञ्चालन गर्नका लागि सहयोग रकम समेत प्रदान गरेको छ ।

समुहकी अध्यक्ष सीता शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकबाट निर्णय भए बमोजिम संस्थाकी उपाध्यक्ष कल्पना शर्मा न्यौपाने सहित पूर्व अध्यक्षहरु नारायणी अधिकारी, गौकुमारी न्यौपाने, साथै अन्य पदाधिकारीहरु सीता पण्डित, मञ्जु न्यौपाने सहितको टोलीले नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त सहयोग रकम रु पचास हजार पाँच हस्तान्तरण गर्नुभएको हो ।
व्यास नगरपालिकाले १०ओटै स्थानिय तहहरूको समन्वयमा व्यास १० स्थित दुम्सीबजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा PCR परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरिसकेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउनका लागि व्यास नगरपालिकाले सम्पूर्ण स्थानीय तह लगाएत सहयोगी सम्पुर्ण संघ संस्थाहरुलाई समेत आग्रह गरे अनुरुप सिर्जनशील दिदीबैनी समूहले पहिलो पटक रकम हस्तान्तरण गरेको ब्यास नगरपालिकाले जनाएको छ । हाल अावश्यक सामान खरिद प्रक्रियामा रहेको र छिटै प्रक्रिया पुराएर सञ्चालनमा ल्याइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *