दमौलीः तनहुँ सदरमुकाम दमौलीको अनसन चौतारीमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको रात्रीकालिन असंबैधानिक कदमका विरुद्ध नेपाल विद्यार्थी संघ तनहुँले संबैधानिक कु र प्रतिगामी कदम ठहर गर्दै यसको भूमिका निर्वाहा गर्ने प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध विरोध स्वरुप पुत्लादहन गरेको छ ।
नेविसंघ तनहुँका पदाधिकारीहरुले दमौली अनशन चौतारामा हाल चालिएको कदमका विरुद्ध केहिबेर नाराबाजी गर्दै पुत्लादहन गरेको हो । निशेधाज्ञाको प्रवाहा नगरि देशमा छाएको राजनैतिक सरगर्मी संगसंगै अन्य क्षेत्रमा जस्तै तनहुँमा पनि विरोधको कार्यक्रमलाई ल्याइएको नेविसंघ प्रवत्ता हरिशरण खनालले जनाउनुभएको छ ।

पुत्ला दहन गर्दै नेविसंघ तनहुँका नेताहरू

नेविसंघ नेता विमल गिरीले संसद विघटन गर्ने र देशलाई निरंकुश अवस्थामा धकेल्ने जमर्को जसले गर्दैछन् त्यसको विरुद्धमा नेपाल विद्यार्थी संघ तनहुँ हार्दिक खवरदारी गर्दछ भन्दै आफूहरुले कोभिड १९ प्रति सचेत हुँदै विरोध प्रदर्शन गरेको र सम्पूर्ण सचेत नागरिकले घरबाटै भएपनि साथ र समर्थन गरिदिनुहुन आग्रह गर्नुभएको छ । विरोध कार्यक्रममा विमल गिरि,हरिशरण खनाल, सरोज भण्डारी, गौरव पन्त, सोनाम तामाङ, युवराज आले, गोकुल थापा लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

विराेध पश्चात सम्बाेधन गर्दै नेता विमल गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *