दमौली- कोभिडको समय पारेर मूल्यवृद्धि र सुचिकृत नभएका बिउबिजन बिक्री साथै दानाहरुमा भएको मिश्रण एवं मुल्यान्तर सम्बन्धमा जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुंका सहायक सिडियो चित्रांगत बरालको नेतृत्वमा रहेको टोलीद्वारा दमौली बजार भित्रका सातवटा भेटनरी र बीजभण्डारहरूमा अनुगमन गरेको छ। अर्को दिन मासु पसलहरुमा पनि गुनासाहरू सुनिएकाले अनुगमन गरिने टोलीले जानकारी दिएको छ ।

अनुगमनमा उद्योग बाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, दमौली बजार इकाइका अध्यक्ष भुपाल आले पत्रकारहरु एवं सम्बन्धित कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।  अनुगमन पश्चात प्रतिक्रिया दिदै सहायक सिडियो बरालले कोभिडको  समयमा बजार मूल्यमा वृद्धि गरिएको, मिति नाघेका बिउबिजन बिक्री गरिएको, सूचीकृत नभएका औषधि, एवं बीउबिजन बिक्री गरिएको गुनासो भए पनि त्यस्तो अवस्था नरहेको र केही कम्जोरी भेटिएकाले सुझाव दिइएको छ अटेर गरेमा नियम अनुसार कारबाही गरिने उहांको भनाइ छ । आज बीउ, बीच भण्डार, भेटनरी एवं दाना बिक्री गर्ने पसलहरुमा अनुगमन गरिएको छ अब मासु पसलहरुमा अनुगमन गरिने बरालको भनाई रहेको थियो ।

अनुगमन पश्चात प्रतिक्रिया दिँदै  तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले दमौली बजार आसपासमा भएका गतिविधिहरूमा प्रशासनले चासो राख्नु स्वाभाविक भएको तर व्यवसायीहरु जिम्मेवार भएर आफ्नो व्यवसाय सञ्चालन गर्नु भएकाले यस्ता अनुगमनले व्यवसायीलाई थप जिम्मेवार बन्न सहयोग पुगेको विचार व्यक्त गर्नुभएको छ । कोभिडका कारण व्यवसायीहरु मारमा परेका छन् भन्दै स्थानीय प्रशासनले एक हफ्ता सम्पूर्ण व्यवसाय पूर्ण रुपमा बन्द गरेर पुनः संक्रमणको बढ्दो क्रमलाई ब्रेक गर्नुपर्ने उहाँको भनाइ थियो । 

दमौली बजार इकाइका अध्यक्ष भुपाल आलेले कोभिडले व्यवसायलाई धरासायी बनाए तापनि केही समय सबैले धैर्य गर्नुपर्ने अवस्था रहेको भन्दै एकहप्ता सबै व्यवसाय बन्द गरेर त्यस पश्चात संक्रमण दर कम भएपछि खुला गर्न व्यासनगरपालिका लाई सुझाव दिएकाले सोहीबमोजिम गर्दा संक्रमणको चेन ब्रेक हुने र व्यवसायीलाई पनि सहज हुने विचार व्यक्त गर्नुभएको छ । अत्यावश्यक बाहेक अन्य व्यवसायीहरुले धैर्य गरी घरमै बस्नको लागि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *