दमौली: जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको समय अवधिमा पसल खुलाएको भन्दै केही व्यापारीहरुलाई ट्रकमा हालेर लगिएको छ ।बिहान निषेधाज्ञाको अवधिभन्दा बाहेक समयमा पसल खोलिएको भन्दै ब्यापारीहरूलाई लगिएको हो ।

भोर्लेटार चोकबाट ब्यापारीहरूलाई लगिदै गर्दाको दृश्य

पहिलो दिनका लागि सचेत गर्न ट्रकमा लगिएको र पटक-पटक अटेर गरेमा नियमानुसार कारबाही गरिने उक्त कार्यमा खटिएका प्रहरी अधिकारीले जनाउनुभएको छ ।

कोभिड- १९ का कारण सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यसको नियन्त्रणमा प्रशासन कार्यालयले बजार एरियामा पनि तदारुकता देखाएको छ । निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न आम जनमानसमा आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *