काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भेटघाट कार्यक्रम राख्दै पछिल्लो राजनीतिक परिवेश र चालिएका कदमहरुका विषयलाई लिएर आफ्ना विचारहरु राख्नुभएको छ । मन्त्रिपरिषद्को निर्णयबाट संविधानको धारा ७६(५) अनुसार बेलुका ५ बजेसम्म समयसीमा दिएको राष्ट्रपति कार्यालयको विज्ञप्ति आएसँगै राजनीतिक संकटमा पार्टीहरु रहेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पार्टीको सहमतिमा राष्ट्रिय सरकार बनाउँ बजेटको समय आएको छ, कोभिडले गर्दा राष्ट्रिय विपत्तिको सिर्जना भएको छ, सहमतिका साथ विपत्तिको सामना गरौं भन्नुभएको छ । एक प्रशंगमा प्रधानमन्त्रीले अब चुनावमै जानुपर्ने छ भने पनि आकाश खस्दैन स्वास्थ र निष्पक्ष चुनावमा जान हामी सबै तयार हुनु पर्दछ, अहिले भएन भने पनि छिटै चुनावमा त जानै पर्दछ नि उहांको जवाफ थियो ।

पत्रकार हरूले सोधेको जवाफमा उत्तर दिदै आज पाँच बजेपछि पुनः मेरो दाबी हुन्छ, कि मलाई समर्थन दिनुस् हैनभने प्रतिनिधिसभा विघटन भयो भन्न पाईदैन हामी मध्यावधि निर्वाचनमा जानु पर्दछ, प्रमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *