दमौली- तनहुंका स्थानीय तहहरू र सरोकारवालाहरूको संयूक्त बैठकले विद्यमान कोभिड-१९ को संक्रमणलाई जिल्लाभर कसरी नियन्त्रण गर्ने सम्बन्धमा व्यास नगरपालिकाका प्रमुख श्री वैकुण्ठ न्यौपानेको अध्यक्षतामा दमौलीमा अन्तरपालिका समन्वय वैठक बसि PCR परीक्षण प्रयोगशाला लगाएत महत्वपूर्ण निर्णय गरिएको छ । वैठकमा भानु न.पा प्रमुख श्री उदयराज गौली, शुक्लागण्की न.पा प्रमुख श्री किसान गुरुङ, ऋषिङ गा.पा अध्यक्ष श्री राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनी गा.पा अध्यक्ष श्री गिर बहादुर थापा, व्यास नगर उप-प्रमुख श्री मीरा जोशी, म्याग्दे गा.पा उपाध्यक्ष श्री बालकृष्ण घिमिरे, भिमाद न.पा प्रतिनिधि श्री ऋषिभक्त वाग्ले, जि.पि स्वासप्रश्वास अस्पतालका निर्देशक डा. राम कुमार श्रेष्ठ, व्यास न.पा प्रमुख प्रशासकीय अधिकृत श्री डिल्लीराम सिग्देल, व्यास न.पा वडा नं १,२,३,४,५,१३ का वडा अध्यक्ष एवं कार्यकारीणी सदस्य श्री चन्द्रमाया परियार , उद्योग वाणीज्य संघ तनहुँका अध्यक्ष श्री पविन्द्र कुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति श्री भुपाल आले को उपस्थिति रहेको थियो । वैठकले जिल्लाभर कोभिड-१९ को संक्रमण बढी रहेको, केहि व्यक्तिहरुले ज्यान गुमाउनु परेको, विरामीहरु PCR परिक्षणको दायरामा नआउने, आउदा ढिलो आउने, PCR परिक्षणको प्रतिवेदन आउन न्यूनतम ७ दिन लाग्ने, उक्त अवधिमा संक्रमितको पहिचान नभएसम्म उपचार प्रकृयामा ल्याउन कठिन भएको विद्यमान स्वास्थ्य जटिल अबस्थाको समिक्षा गर्दै PCR परिक्षण ल्याव ब्यास 10 दुम्सीबजार स्थित आधारभूत स्वास्थ्य केन्द्रको भवनमा रहने निर्णय भएको आजै एक विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ। उक्त प्रयोगशालाका लागि अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व लिन व्यास नगरपालिकालाई जिम्मा दिने समेत निर्णय भएको छ। उक्त प्रयोगशालामा रोटरी क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२९२ बाट प्राप्त मेसीन समेतको प्रयोग गर्ने निर्णय गरिएको छ ।

प्रस्तावित PCR प्रयोगशाला स्थल ब्यास 10, दुम्सीबजार

बैठकले विद्यमान कोभिड-१९ को दोस्रो लहरले तनहुँ जिल्ला समेत देशै भरी अस्पताल सेवामा र अक्सीजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जि.पि कोइराला स्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रकृया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्दै त्यस प्रकृयामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने सहमती भएको जनाइएको छ । साथै हरेक पालिकाले आ-आफ्नो क्षमता, सामाजीक संघ संस्था, निजी क्षेत्र समेतको सहभागितामा आ-आफ्नो स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय समेत निर्णय भएको साथै तनहुँ जिल्ला अन्तरगतका सबै पालिकाहरुको सहभागिता समेतमा स्थापना गरिने PCR परिक्षण प्रयोगशालामा सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहनुभएका दाजुभाई दिदीवहिनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था समेतसंग सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । यस निर्णयको कार्यान्वयन भएपछि PCR परिक्षण र संक्रमित व्यक्ति हरूको पहिचान र उपचारमा तनहुं वासीले लाभ लिने विश्वास गरिएको छ ।

स्थलगत निरिक्षणको क्रममा ब्यास मेयर बैकुण्ठ न्यौपाने लगाएत वडा अध्यक्षहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *