म्याग्दे- विवेकशील साझा पार्टी तनहुंले खाद्यान्न अभावका कारण अति विपन्न र क्यान्सर पीडितको परिवारलाई खाद्यान्न लगायतका सामग्रीहरू वितरण गरेको छ । म्याग्दे गाउँपालिकाको वडा नं ५ स्थित छाङपाटनमा रहेका एक परिवार सारै अशक्त अपाङ्ग परिवार र अर्को ब्लड क्यान्सर भएर केही गर्न नसक्ने भएका साथै दुवै परिवार न्यून स्तरको आर्थिक अवस्था भएकाले उक्त परिवारहरुलाई खाद्यान्नसहित राहत सामग्री प्रदान गरिएको जिल्ला संयोजक सागर घिमिरेले दमौलीबजार डटकमलाई जानकारी गराउनुभएको छ ।

राहत सामग्री सहित म्याग्देमा जादै

विषम परिस्थितिमा हामी नागरिकको साथमा छौं खाद्यान्न अभावका कारण कसैले भोको बस्न नपरोस् भनेर विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरिएको साझा पार्टीले जनाएको छ । उक्त सामग्री वितरणमा ब्यास नगर समितिका संयोजक सलमान अलि, सदस्यहरु लक्ष्मी अधिकारी र मोहम्मद गफ्फार म्याग्देमा पुग्नुभएको थियो ।

विवेकशील पार्टी को स्वविवेकी निर्णयले अप्ठ्यारो अवस्थामा सहयोगका कारण सम्बन्धित परिवारमा राहत महसुस भएको छ नै राज्यले प्रदान गर्ने राहत सामग्रीमा सहज वितरणको साटो उल्टै लुट मच्चाउने पार्टीहरूका लागि आफ्नै सदस्यहरुबाट संकलित रकमबाट पनि सहयोग गर्न सकिने रहेछ भन्ने गहिरो पाठ सिकाएको छ ।

विवेकशील साझा पार्टीले जिल्लामा जो कोही अहिलेको विशेष परिस्थितिमा भोकै बस्ने अवस्था छ भने खबर गर्नसमेत जिल्लावासीमा जानकारीका लागि अनुरोध गरेको छ।

स्वास्थ्य संस्थाहरूको पहुंच र सुलभ स्वास्थ्य सेवाको माग उठाउने डा. केसीको समर्थन गर्दै विवेकशील साझा पाटीका तनहुं संयोजक सागर घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *