दमौली-  गण्डकी प्रदेशका मुख्यमंत्री पृथ्वीसुब्बा गुरूङले आफ्नो मन्त्रीपरिषद विस्तार गर्नुभएको छ ।  गुरुङले आजै मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाउनु भएको हो । 

नव गठित मन्त्रीपरिषद विस्तार गर्दा अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरूङलाई समेटिएको भनिएतापनि जिम्मेवारी हेर-फेर हुनसक्ने छ। नवनियुक्त मन्त्रीहरुलाई आज ३ बजे प्रदेश प्रमुख सिता कुमारी पौडेलले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो । 

 यस अघि बहुमत पुराउन कुनै दल पनि असमर्थ भएकाले प्रदेश प्रमुखले ठूलो दलको हैसियत ले पुनः मुख्यमंत्री पदमा पृथ्वी सुब्बा गुरूङलाई नियूक्त गर्नुभएको थियो ।  केहिदिन मन्त्रीपरिषद विस्तार नभएतापनि बजेटको तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि सानो मन्त्रीपरिषद विस्तार गरिएको हो । यस अगाडी ७ ओटा मन्त्रालय रहेकोमा राजीव गुरूङलाई सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रीमा नियूक्ती गरिएको थियो। गण्डकी प्रदेशमा १२ ओटा सम्म मन्त्रालय बनाउन सकिने प्रावधान रहेको छ तर हाल ८ मन्त्रालय रहेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *