दमौली- व्यास नगरपालिका वडा नं १० परेवाडांडा नजिक दिउसै एक महिलाको हत्या भएको आशंका गरिएको छ।महिलाको मृत्यु भईसकिएकोले बांकी अनुसन्धानको क्रममा प्रहरी घटना स्थलमा पुगेको छ । ब्यास ८ सोतीवेसी घर भन्ने २७ बर्षका मिलन ठाकुरी नाम बताउने ब्यक्ति अघिल्लो दिन देखि उक्त घरमा आई बसेको र सामान्य झगडा भएको बताइएको छ ।

हत्या आरोपित मिलन ठकुरी

प्रहरीले जबरजस्ती आरोपीलाई जिल्ला प्रहरी कार्यालय लगेपछि स्थानीय जनता आक्रोशित भई ढुंगा मुंडा गरेपछी अवस्था नियन्त्रण बाहिर गएको थियो। सत्यतथ्य जानकारी नदिएर हत्या गर्नेलाई भगाईएको स्थानीय को आरोप छ। मृत महिलाको श्रीमान रोजगारीको शिलसिलामा भारतमा छन् भने २ छोरीहरू घरमा नै थिए। (अनुसन्धान कार्य मा सहयोग होस् भनी मृत महिला को नाम गोप्य राखिएको हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *