दमौली– तनहुँको सबैभन्दा जेठो नगरपालिका व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले कोभिडबाट मृत्यु भएका शब व्यवस्थापनमा आफै खटिनुभएको छ । आइतबार बिहान शव दाहा गर्न व्यास १ र ३ को बीच सीमामा रहेको सेती नदीको किनारामा निर्माण गरिएको चिता विवादमा परेपछि स्थलगत निरीक्षण गरी समझदारी गराउन पुग्नुभएका मेयर न्यौपाने सहित ब्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटा र व्यास १ का वडाअध्यक्ष खरसिंह दरैले आफै खटिएर शव व्यवस्थापन गर्नुभएको हो।

आफै शब ब्यवस्थापनमा लाग्नुभएका ब्यास १० वडा अध्यक्ष तुलसीराम सापकोटा र विरोधमा उत्रेका स्थानियले समझ्दारी पश्चात साथ दिदै


जनताको सेवाका लागि राजनीतिमा लागेकाले आम जनताहरु कोभिडका कारण मृत्यु भईरहेको अवस्थामा शव माथि राजनीति गर्नु हुँदैन भन्दै मानवीय सेवामा सबैले सहयोग गर्नुपर्दछ । हामी जनप्रतिनिधिहरु पनि जनताको साथमा छौं भन्दै बनाइसकेको चितालाई रोक्ने काम नगरौं दुईवटा सबलाई व्यवस्थापन गरौं अन्य विकल्पको निर्णय समझदारीमा पछि तोकिने छ भन्दै जलाउन राखिएको दाउराहरु बोकेर स्वयं मेयर क्रियाशील भएपछि विरोध गर्नेहरुलाई नैतिक दबाब परेकाे थियाे र विरोध गर्न आएकाहरुले पनि सहयोग गरेका थिए । आइतबार मात्रै दुईवटा शव उक्त स्थानमा सेना एवं प्रहरीको सहयोगमा जलाउने कार्य भएको छ ।

आफै शब ब्यवस्थापनमा लाग्नुभएका मेयर बैकुण्ठ न्यौपाने र विरोधमा उत्रेका स्थानियले समझ्दारी पश्चात साथ दिदै

लामो समय क्याम्पस प्रमुख र अधिवक्ताको रूपमा कार्य गर्दै नेपाली कांग्रेस तनहूँको पार्टी सभापति हुँदै ब्यास नगरपालिकाको मेयरको रुपमा स्थापित बौद्धिक व्यक्तित्वले अप्ठ्यारो परिस्थितिमा गरेका कार्य प्रति आम जनताहरुले प्रशंसा व्यक्त गरेका छन् । अप्ठ्यारो परिस्थितिमा पनि सबैको मन जित्दै विवादहरू को समाधान गर्नु उहाँको बौद्धिक कलाको रुपमा लिन सकिन्छ । दुखमा होस् वा सुखमा होस् जनताको सेवामा निरन्तर लाग्नु पर्दछ भन्दै कोभिड सङ्क्रमितहरू कालागि ५० बेड र विशेषज्ञहरु सहितको सामुदायिक आईसोलेसन केन्द्र स्थापना गरिसकिएको मेयर न्यौपानेले जानकारी गराउनुभएको छ । दैनिक समिक्षा बैठक गरि अावश्यक निर्णयहरू गर्दै अाएकाे ब्यास नगरपालिकाले तनहुँमा जि पि कोइराला श्वासप्रश्वास केन्द्र, दमौली अस्पताल एवं अन्य निजी स्वास्थ्य संस्थाहरुलाई आइसोलेसन सञ्चालनार्थ लाग्न अनुमति दिन लागिएको समेत मेयर न्याैपानेले दमाैली बजार डटकमलाइ जानकारी गराउनुभएको छ।

५० बेडकाे सामुदायिक अाइसाेलेसन केन्द्रमा रहेका बेडहरूकाे अवस्था
५० बेडकाे सामुदायिक अाइसाेलेसन केन्द्र स्थापना गरिएकाे कृषि विकास बैककाे भवन, ब्यास–२ दमाैली

Leave a Reply

Your email address will not be published. Required fields are marked *