दमौली- व्यास नगरपालिकाले वडा नं १२ का कोभिड संक्रमित व्यक्तिहरुलाई सुरक्षित तवरले राख्न छिर्केनी स्थित वन कार्यालयको भवनलाई उपयोग गर्ने भएको छ । व्यास नगरपालिकाको आइतबार बसेको समीक्षा बैठकले वन कार्यालयलाई उपयोग गर्ने निर्णय गरेको हो।

ब्यास १२ मा आइतबार २३ जना ब्यक्तिहरूको पिसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । उक्त वडामा ८ जना संक्रमित रहेकोमा दुईको दमौली अस्पताल र एकजनाको जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचार भइरहेको उक्त वडाको फोकल पर्सन समेत तोकिएका जनस्वास्थ्य निरीक्षक हरिशचन्द्र न्यौपानेले जानकारी गराउनुभएको छ । सरकारले जारी गरेको निषेधाज्ञालाई पूर्णरुपमा पालना गरी अबको 15 दिन विशेष सतर्कताका साथ घरमै बस्न र आवश्यक परेको बखत सम्पर्क गर्न उक्त वडाले सम्पूर्ण वडा बासीहरुलाई आग्रह गरेको छ ।

विश्वमा फैलिएको कोभिड १९ दोस्रो भेरियन्टको समयमा सबैजना वडावासीहरू अत्यावश्यक बाहेक घरबाट साहिर ननिस्की आफ्नो स्वास्थ्य का लागि स्थानीय सरकारले गरेको आग्रह र नेपाल सरकारले गरेको निषेधाज्ञालाई सबैले पालना गरी सहयोग गर्नको लागी वडा अध्यक्ष तोत्र बहादुर कुंवरले वडावासीलाई अपिल गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *