दमौली– व्यास नगरपालिकाले विश्वभर फैलिएको कोरना भाइरसको दोस्रो भेरिएन्टबाट संक्रमित व्यक्तिहरुलाई राख्न ५० बेडको सामुदायिक आइसोलेसन केन्द्र स्थापना गरेको छ ।
व्यास २ स्थित कृषि विकास बैंकको भवनमा पूर्ण सुरक्षा साथै एमबिबिएस डाक्टर एवं अन्य स्वास्थ्यकर्मी सहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको हो । भवनभित्रै रहेको एउटा भवनमा स्वास्थ्यकर्मीको आवाससहित स्वास्थ्य सामग्री राखिएको छ भने अर्को भवनमा बेडहरु राखिएको छ । आवश्यक आवश्यक अक्सिजनका सिलिण्डरहरु एवं स्वास्थ्य सुरक्षा सामग्रीहरु, दूरी कायम गरी बेड, कपडा एवं लामखुट्टेबाट बच्न झुलको व्यवस्थापन साथै पर्याप्त पानी र शौचालयको समेत राम्रो प्रबन्ध गरिएकोले गुनासो नआउने गरी सोमबारबाट केन्द्र सञ्चालन गरिने आइसोलेसन केन्द्रको व्यवस्थापनमा खटिनु भएका डाक्टर सुरज घिमिरेले जानकारी गराउनुभयो ।
व्यासमा कोरोना संक्रमण बढेकाले त्यसको नियन्त्रण र संक्रमितको उपचार एवं आइसोलेसन साथै क्वारेन्टिनको व्यवस्थापनका लागि निरन्तर खटिएको स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी गराउनुभएको छ।

सामुदायिक आइसोलेसन केन्द्रमा स्वास्थ्य सामाग्रीबारे जानकारी लिर्दैै मेयर बैकुण्ठ न्यौपाने


ब्यासका मेयर एवं वडा अध्यक्षद्वारा केन्द्रको अवलोकन
व्यास २ स्थित कृषि विकास बैंक को भवन मा निर्माण गरिएको ५० बेडको सामुदायिक आइसोलेसन केन्द्रको तयारीबारे ब्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटा एवं सञ्चारकर्मी सहितको टोली केन्द्रमा पुगेको छ । केन्द्र सञ्चालनको अन्तिम तयारी एवं बेड, शौचालय, खानेपानी र स्वास्थ्य सामग्रीहरुबारे जानकारी लिन मेयर सहितको टोली केन्द्रमा पुगेको हो । अवलोकन पश्चात प्रतिक्रिया दिँदै नगर प्रमुख न्यौपानेले भोलिबाटै ५० बेडको केन्द्रलाई सुचारु गरिने र संक्रमण बढ्दै गएमा अन्य वडाहरुमा पनि आवश्यकता बमोजिम थप आइसोलेसन कक्षहरू निर्माण गर्दै जाने जानकारी गराउनुभएको छ । सम्भव भए आफ्नो घरको होम आइसोलेसनमा सम्बन्धित वडाका स्वास्थ्यकर्मीको निगरानीमा बस्ने र घरमा सम्भव नभएका संक्रमितहरु स्थानीय सरकारले तयार गरेको आइसोलेसन केन्द्रमा आइ बस्ने र स्वास्थ्य कर्मीको निगरानीमा रहने तर सङ्क्रमितहरू पिसिआर परीक्षण पनि नगरी सुरक्षित तवरले नबसी दिँदा समुदायसम्म संक्रमण बढ्दै जाने हुनाले संवेदनशील हुन आग्रह गर्नुभएको छ । प्रत्येक सोमबार र विहिबार ब्यास १ स्थित क्षेत्री समाजको भवनमा निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएकोले सम्पर्कमा आउन समेत विशेष आग्रह गर्नुभएको छ ।
व्यास नगरपालिकाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरी औषधिजन्य व्यवसाय बाहेक अन्य सम्पूर्ण व्यवसायहरु केही समय पूर्णरुपमा बन्द गर्न आग्रह गरेको छ साथै नगरपालिकाका कार्यालयहरु द्वारा प्रवाह हुँदै आएको नियमित सरसफाई वारुणयन्त्र र स्वास्थ्य सम्बन्धी सेवाहरू बाहेक सम्पूर्ण सेवाहरु जेठ १० गते सम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विवाह, व्रतवन्ध, भोजभतेर एवं व्यक्तिहरु भेला हुने कुनै कार्य केही समय नगर्न यसअगाडि नै विज्ञप्तिमार्फत निर्देशन गरिसकेको छ ।

सामुदायिक आइसोलेसन केन्द्रको अवलोकन गर्दै मेयर बैकुण्ठ न्यौपाने एवं वडा अध्यक्ष तुलसीराम सापकोटा लगाएत अन्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *