तनहुँ– नेपाली काँग्रेस केन्द्रिय कार्यालयले आफ्नो वेबसाइट मार्फत देशभरको क्रियाशिल सदस्यता सार्वजनिक गरेको छ । देशभरको सम्बन्धित वडाहरुमा रहेका पुराना नविकरण गरिएकाहरु र नयाँ क्रियाशिल सदस्यहरुको सम्पूर्ण नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको हो । आधुनिक प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै आफ्ना क्रियाशिल कार्यकर्ताहरुलाई समेटेर संगठन र सांगठनिक क्रियाकलापहरु थप मजबुद बनाउनको लागि पार्टी र नेतृत्वकर्तालाई सहज होस भनेर यो नामावली सार्वजनिक गरिएको ने का पार्टी कार्यालयले जनाएको छ । यसै जानकारीलाइ समेटेर एक विज्ञप्ती जारी गरिएकाे छ । सार्वजनिक गरिएको नामावलीहरुमा कुनै उजुरी वा गुनासो भएमा जेठ सात गतेभित्र उजुरी वा गुनासो इमेल मार्फत क्रियाशिल सदस्यता छानविन समितिमा पठाउनु पर्ने जारी विज्ञप्तीमा उल्लेख छ । वेबसाइटमा सार्वजनिक गरिएको तथ्याङ्कमा नामथर र लिङ्ग मात्र समावेश गरिएको छ । देशभरका पार्टी नेतृत्वहरु एवं आम कार्यकर्ताहरुलाई आफ्नो नाम आफै हेर्न सकिने सहज होस भनेर दमौली बजार डटकमले त्यसको प्रयोग गर्ने तरिकाको भिडियो समेत सार्वजनिक गरेको छ । विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्ः https://youtu.be/EXOkRhgzQCo

Leave a Reply

Your email address will not be published. Required fields are marked *