तनहुँ– जिल्ला संकट व्यवस्थापन केन्द्रले वैशाख २२ गतेदेखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिँदै १५ दिन थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रको बैठकले कोरोना संक्रमण कम हुन निषेधाज्ञाले सहयोग गरेको निष्कर्ष सहित निरन्तरता दिने निर्णयमा पुगेको हो ।
बैठकले सूर्य नेपाल लिमिटेडसँग एकथान शव बाहन माग गर्ने एवं निजी अस्पतालहरुलाई आइसोलेसन सेन्टर स्थापना गर्न अनुमति दिने, जसको सिफारिसका लागि डा. रामकुमार श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समितिसमेत गठन गरेको छ । यसरी स्थापित आइसोलेसन सेन्टरहरुमा बढीमा रु ५०० सम्म खर्च गर्न पाउने मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ।

तनहुँ जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले गरेका निर्णयहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *