दमौली- तनहुँको सदरमुकाम दमौली बजारमा आवत-जावतमा थप कडाई गरिएको छ। दमौली आसपासमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएको साथै केही व्यक्तिको मृत्यु समेत भएकाले विशेष सावधानी अपनाउनु पर्ने परिस्थिति सिर्जना भएसँगै थप कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । अत्यावश्यक बाहेक कुनै पनि व्यक्तिहरु घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । अटेर गरी विना पास वा परिचयपत्र बिना आएका मोटरसाइकल एवं गाडीहरूलाई नियन्त्रणमा राख्न थालिएको फिल्डमा खटिएका सुरक्षाकर्मीहरूले दमौली बजार डट कमलाई जानकारी गराउनुभएको छ।

कडाइका साथ बन्द गरिएकाे दमाैली बजारकाे अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *