काठमाडौं– केपी ओलीको सरकारले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम उहाले सरकार गठनको आह्वान गर्नुभएको हो । विज्ञप्ती मार्फत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरिएको छ । वैशाख ३० गते साँझ ९ बजेभित्र दावी पेश गर्ने समय सिमा निर्धारण गरिएको छ । उक्त समय सिमाअवधिमा दलहरुले बहुमत पुर्‍याएर राष्ट्रपति समक्ष पेश गर्नुपर्ने छ । मधेशवादी दलहरुले प्रष्ट धारण नराखेका कारण कुन दलले बहुमत पुराउँछन भन्न सकिने स्थिति देखिदैन । मधेशी दलहरुमध्ये महन्त ठाकुर र राजेन्द्र महतोको अडान रहिरहेमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले माधव नेपालको साहारा लिनुपर्ने हुन्छ तर नेपाल पक्षले राजिनामा दिने संकेत नदेखिएको र एउटै पार्टी हुँदासम्म अन्य दललाई समर्थन गर्न अप्ठ्यारो हुने भएकाले पनि ३० गते भित्र बहुमत पुराउन सहज नहुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *