दमौली: आन्तरिक स्रोतबाट जेठो नगरपालिका व्यास नगरपालिकाले” ग” बर्गका अपंगता भएकाहरूलाई प्रोत्साहन भत्ता वितरण गरेको छ। न्यायिक समितिका संयोजक मीरा जोशी को अध्यक्षतामा भएको कार्यक्रम मा ब्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, वडा नं १० का अध्यक्षतुलसी राम सापकोटा नगर सदस्य चन्द्रमाया परियार, वडा सदस्य लक्ष्मी परियार, पतिमाया दरै, वडा सचिव पुष्पराज आचार्य आदिको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ग वर्गका पहिलो कार्ड प्राप्त अपंगता व्यक्तिहरु लाई प्रतिव्यक्ति रु २५०० सयका दरले नगद वितरण गरिएको थियो ।शारीरिक रुपमा कठिन भाएकाहरूले काम गर्न नसक्ने भएकाले केही हदसम्म आफ्नो घरपरिवारको खर्च टार्न सहयोग होस् भन्ने उद्देश्यले व्यास नगरपालिकाले सम्मानस्वरुप सानो सहयोग गरेको कार्यक्रम उद्घाटन पश्चात नगर प्रमुख न्यौपानेको भनाइ थियो । नेपाल सरकारले क वर्गकोले रातो कार्ड र ख वर्गकोले निलो कार्ड वितरण गरि उनीहरुलाई सरकारले नै रकम छुट्याएको छ। व्यास नगरपालिकाले सबैलाई समान दृष्टिले हेरेको हुँदा हजुरहरूको घाउमा मलम पट्टि लगाउनको लागि सानो रकम सहयोग गरेको वडा अध्यक्ष तुलसीराम सापकोटाको बनाई थियो । ग वर्गको पहिलो कार्ड प्राप्त अपंगता भएका व्यक्तिहरूलाई व्यास नगरपालिकाले आन्तरिक स्रोतबाट उक्त रकम ब्यवस्थापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *