बन्दिपुर– तनहुँको पर्यटकीय स्थल बन्दिपुरमा एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त क्षेत्रको समग्र विकासलाई समेटिएको २० वर्षे एकिकृत विकास गुरुयोजना २०७६–२०९७ सार्वजनिक गर्नुभएको छ । बन्दिपुर गाउँपालिकाको आयोजनामा गरिएको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सबै स्थानिय तहहरुले यस्ता गुरुयोजना निर्माण गरेमा स्थानिय तहहरुको समग्र विकासमा टेवा पुग्ने र स्थानिय स्तरमा दिनुपर्ने प्राथमिकताले उक्त क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ पुग्ने विचार ब्यक्त गर्नुभएको छ । ढिलै भएपनि राम्रो कामको सुरुवात तनहुँमा बन्दिपुरले गरेको छ, प्रदेश सरकारले यस योजनामा समावेश गरिएका योजनालाई पूर्णरुपमा सहयोग गर्ने छ गुरुङको भनाई थियो ।

गुरुयोजना निर्माण समितिका संयोजक हेमराज लामिछानेले योजना निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, माननिय राम बहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रदेश योजना आयोगका डा. गिरधारी शर्मा पौडेल, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदी, प्रहरी उपरिक्षक अरुण पौडेल, शसस्त्र प्रहरी उपरिक्षक सञ्जय भट्टराई, प्रशासकिय प्रमुखहरु, पार्टी प्रतिनिधिहरु, सञ्चारकर्मीहरु एवं स्थानिय जनताको उपस्थिति रहेको थियो ।

सञ्चारकर्मी सम्मानित
पत्रकारिताको माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धन तथा गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बन्दिपुर गाउँपालिकाले पत्रकार अमरराज नहर्कीलाई सम्मान गरेको छ । सम्मानपत्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट एकिकृत विकास गुरुयोजना सार्वजनिकिकरण कार्यक्रममा प्रदान गरिएको हो । सम्मान पश्चात प्रतिक्रिया दिदै नहर्कीले यो सम्मानको लागि बन्दीपुर गाउँपालिका प्रति हार्दिक आभार प्रकट गरेका छन् साथै सम्मानले काँधमा जिम्मेवारी थपिएको मात्रै छैन कलमलाई झन् तिर्खाने जाँगर जगाएको छ उनको भनाई रहेको छ । नेपाल प्रेस यूनियन तनहुँका अध्यक्ष समेत रहेका सम्मानित पत्रकार नहर्की गोरखापत्र राष्ट्रिय दैनिक, सेतीमादी दैनिक एवं बन्दिपुर एफ एम मा आवद्ध सक्रिय पत्रकार हुनुहुन्छ । साथै पत्रकार महासंघ तनहुँको प्रवल दावेदारको रुपमा चिनिदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *