अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाल रेडक्रस दुम्सीको उपशाखा ब्यास १० तथा अनन्त युवा क्लब व्यास-१०, तनहुँको आयोजनामा एही फागुन २४ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ। व्यास १० डिहीगाउँमा सञ्चालित उक्त कार्यक्रममा २९ जनाले स्यमसेवीहरुले रक्तदान गर्नुभएको छ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश तथा जिल्ला शाखा तनहुँको संयोजन तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश को संयोजनमा सञ्चालित उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य प्रदीप घिमिरेले ग्रामीण भेगमा सञ्चालित यस कार्यक्रमले रक्तदान गर्न महिला तथा युवाहरुलाई थप प्रेरित गरेको छ भन्दै रेडक्रस केन्द्रबाट उक्त उपशाखाको एम्बुलेन्स अभियानलाई रु ३ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको कुरा जानकारी गराउनुभएको थियो। नेपाली रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेल ले जीवन बचाउने रक्तदान कार्यक्रमलाई उत्प्रेरणा, स्वयम् सेवा र हौसलाबाट बढाउन सकिन्छ भन्दै उत्साहपूर्वक रक्तदान गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक सूर्य प्रसाद ढकालले विपदको जुनसुकै अवस्थामा पनि रेडक्रस सरकारलाई सहयोग गर्न तयार छ भन्दै यस कार्यक्रमलाई उचाईमा पुर्याउने सबैलाई मानवीय भावनाले प्रेरित गरेको छ भन्दै यस्ता कार्यक्रमले रक्तदान गर्ने व्यक्तिहरुलाई अभिप्रेरित गर्ने छ र नयाँ रक्त दाताहरुको संख्या बढाउन हौसला मिल्ने कुरा बताउनुभयो। सोही अबसरमा ने रे सो गण्डकी प्रदेशका उप कोषाध्यक्ष हिरा थापा, रेडक्रसका जिल्ला सभापति कृष्णहरि वाग्ले, उपसभापति ऋषिराम पोखरेल, मन्त्री चिनु पोखरेल, कोषाध्यक्ष हरिशरण पण्डित लगायत वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै सम्पुर्ण रक्तदातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। अनन्त आमा समूहको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रममा अनन्त युवा क्लवको विशेष सहयोग तथा नेपाल यूबा रेडक्रस सर्कल चण्डी देवी रास्ट्रिय मा बि का युवाहरुले स्वयं सेवकको भूमिका निर्वाह गर्नुभएको थियो नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य अनन्त युवा क्लवका अध्यक्ष राजु भुजेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन उपशाखा सचिव यम प्रसाद सापकोटाले गर्नुभएको समाचार प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *