दुलेगौंडा – तनहुँ सदरमुकाम र पर्यटकिय शहर पोखराको बीचमा रहेको शुक्लागण्डकी नगरपालिकाले शिक्षाक्षेत्रमा नमुना योजना अगाडि बढाएको छ । लामो समय शिक्षा अधिकारीको रुपमा रहनुभएका उपसचिव (अधिकृत स्तर दशौं तहका) नवराज चापागाईं को नेतृत्व ले कोरोना पछि पठनपाठन र शैक्षिक सुधारका लागि समयानुकुल योजनाहरु प्रस्तुत गर्नुभएको छ । शैक्षिक सत्रको सुरुवातसँगै एकै किसिमको अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक लागु गरिएको छ । हरेक विद्यालयमा कम्तीमा एक सेट कम्प्युटर, प्रिन्टर र इन्टरनेटको पहुँच पुर्याउने साथै त्यसका लागि विद्यालयमा जुनकुरा अभाव छन् तुरुन्त उपलब्ध गराउने योजना निर्माण गरिएको छ । नगरपालिकाले विद्यालयमा आइसिटीको पहुँच वृद्धि गर्ने, विद्यालयहरुमा बाल विकास केन्द्रबाट नै सुधार गर्दैजाने, अंग्रेजी, गणित र विज्ञान विषयलाई केन्द्रित गरी सिकाइमा सहज गर्ने, शिक्षक छनोट गर्दा पनि उक्त विषयका शिक्षकलाई प्राथमिकता दिने योजना रहेको छ । वडा शिक्षा समितिको भूमिकालाई प्राथमिकतामा राखेर कार्य गर्ने सिकाइलाई आईसिटीको प्रयोग गरी नगरपालिका र वडाको योजना अगाडि बढाउने साथै बाल विकासलाई मन्टेश्वरी तालिम सञ्चालन गर्ने योजना शिक्षण सुधारको योजना बनाइएको छ ।

विद्यालयमा निर्माण गरिएको विद्यालय सुधार योजनाको प्राथमिकताको आधारमा कम्तिमा आधारभुत विद्यालयलाई रु 50 हजार र निम्न माध्यमिक विद्यालयलाई 75 हजार साथै माध्यमिक विद्यालयलाई रु एक लाख खर्च गर्नेगरी विद्यालय सुधार योजना कार्यान्वयन अनुदान प्रदान गर्ने र उक्त रकम विद्यालय व्यवस्थापन समितिको प्रथमिकता र निर्णयका आधारमा खर्च गर्न सकिने जनाइएको छ । नेपाल सरकारले निर्माण गरेको दरवन्दी मिलान कार्यविधिका आधारमा दरबन्दी मिलानको कार्य अगाडि बढेको र विद्यार्थी बढी भएको ठाउँमा शिक्षक उपलब्ध गराउने योजना नगरपालिकाको रहेको भनाइ छ । लामो समय शिक्षा क्षेत्रको अनुभव सम्हाल्नुभएका चापागाईंले आफ्नो अनुभवलाई नगरपालिकामा लागु गर्दै नमुना योजनाका साथ शिक्षा शाखाको नेतृत्व सम्हाल्नुभएको प्रष्ट देख्न सकिन्छ । थप भिडियोमा ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *