तनहुं – जिल्ला प्रहरी कार्यालय तनहुं र सामूदायिक सेवा केन्द्र दमौलीद्वारा जिल्ला भित्रका विद्यालयहरूमा विद्यार्थीहरू लाई केन्द्रित गरी सचेतना कार्यक्रम सन्चालन गरेको हो। माघ १९ गते पाराशर कलेजबाट सुरू गरिएको कार्यक्रम २० गते श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय ब्यास १० मा पुगेको छ ।
सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, ब्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेना, प्रहरी निरिक्षक सवीता के सी, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक रेशम बहादुर रानाभाट, सामूदायिक सेवा केन्द्र दमौलीका पदाधिकारीहरूको उपस्थिति र कक्षा ९,१० र ११ कक्षाका विद्यार्थीहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ट्राफिक सचेतना, लागू औषध दुर्वयसनी, लैङ्गिक हिम्सा लगाएतका विषयवस्तु समावेश गरिएको ट्राफिक प्रमुख रेशम बहादुर रानाभाट ले जानकारी दिएका छन् ।