तनहुँ- लायन्स क्लब अफ तनहुँ र लाईन्स क्लव अफ तनहुँ ब्यास सिटीले संयूक्त रुपमा व्यास नगरपालिका वडा नम्बर १० स्थित श्री चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा रहेका गरीब एवं जेहेन्दार विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण गरेको छ । लाईन्स क्लब अफ इन्टरनेशनल 325 B1 नेपालका डिस्ट्रिक डिपार्टमेन्ट चिफ लायन चुडामणि दाहालको प्रमुख नेतृत्वमा गएको टोलीले उक्त विद्यालय पोशाक वितरण गरेको हो । विद्यालय पोशाक वितरण कार्यक्रमको सभापति क्लस्टर चिफ राजकुमार श्रेष्ठले गरेका थिए भने लाईन्स क्लव अफ तनहुँका प्रथम उपाध्यक्ष कृष्णहरी गैरे, लाईन्स क्लब अफ ब्यास सिटीका प्रथम उपाध्यक्ष लायन प्रदिप मल्ल, सहसचिव शान्ता वास्तोला, राजु कोसली लगायतका टोलीहरुले विद्यालय पोसाक विद्यालयमै गएर हस्तान्तरण गरेका हुन् । उक्त औपचारिक कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शि.अ.संघ तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । क्लबका अनुसार करिब ४४ हजार रकम बराबरको विद्यालय पोशाक उक्त अवसरमा वितरण गरिएको थियो भने ५० जना छात्र छात्राहरुले उक्त पोशाक प्राप्त गरेका थिए । हरेक नागरिकलाई पढ्न पाउने अधिकारबाट बन्चित नगरी सहज रुपमा पढ्ने वातावरण निर्माण गर्ने उद्देश्यका साथ गरीब एवं जेहन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरी उनीहरूको पढ्ने वातावरणको निर्माण गर्न सहयोग गरिएको कार्यक्रमका बक्ताहरुको भनाई रहेको थियो । लाईन्स क्लव अफ तनहुँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यस्ता कार्यक्रमहरु गर्दै आएको कार्यक्रमका सभापति राजकुमार श्रेष्ठको भनाई थियो । कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरी सहयोग गर्नुभएकोमा विद्यालयका तर्फबाट प्रधानाध्यापक रामचन्द्र पोखरेले लाईन्स क्लब अफ तनहुँ र लाईन्स क्लब अफ तनहुँ व्यास सिटिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसैगरी उक्त विद्यालयमा शैक्षिक सत्र २०७६ सालमा प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नेपाल सरकारले प्रदान गर्दै आएको दलित छात्रवृत्ति एवं छात्राहरुका लागि उपलब्ध छात्रवृत्ति पनि प्रदान गरिएको थियो । कार्यक्रमलाई विद्यार्थीहरु माझ प्रतिभा प्रष्फुटन र थप उत्साहित गराउँदै बीचबीचमा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो भने वक्ताहरुले वर्तमान परिस्थितिमा अतिरिक्त क्रियाकलापका साथै शैक्षिक गुणस्तरलाई पनि अभिवृद्धि गर्न विद्यालय अग्रसर हनुपर्ने कुरामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *