तनहुँ – नेपाली कांग्रेस केन्द्रिय समितीद्वारा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद् विगठन असंवैधानिक रहेको भन्दै उक्त अलोकतान्त्रिक कदमका विरुद्ध आयोजित ३३० प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने सिलसिलामा तनहूँका चारवटै  निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।  तनहु निर्वाचन क्षेत्र नं १(१ ) को बिरोध सभा भानु नगरपालिका स्थित बाईसजांगरमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति काशीराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । उक्त कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला सचिव लक्ष्मी आचार्य, प्रदेश सभासद दोबाटे बि को, सरिता गुरुङ, भानु नगरपालिकाका मेयर उदयराज गौली, माहासमिति सदस्य मीरा जोशी, आनन्दराज त्रिपाठी,महाधिवेशन प्रतिनिधि समुद्र गोदार , पवित्र पौडेल, रफिक मिया, श्याम मग्राती,  टेकबहादुर गुरुङ,  जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले लगायतका जिल्ला सदस्यहरु क्षेत्रीय समितिका पदाधिकारीहरु निर्वाचित अध्यक्ष एवं सदस्यहरु तथा पाटीका वडा अध्यक्ष एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रममा व्यास नगरपालिकाका क्षेत्र एवं भानु नगरपालिका का  नेपाली कांग्रेस समर्थित कार्यकर्ता एवं शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले ओली सरकारको नियोजित शक्ति संञ्चयको सिलसिला सँगै संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर असंवैधानिक र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेकाले जनता यसको विरोधमा उत्रिनु परेको र संविधानको रक्षा साथै लोकतान्त्रिक  जनताद्वारा निर्वाचित संसदीय व्यवस्था र उक्त व्यवस्थाका लागि परिकल्पना गरिएको संसद् विघटन हुनु निरंकुशताको संकेत भएको उल्लेख गरेका छन् । विरोध कार्यक्रममा सम्बोधन गर्ने जिल्ला सचिव लक्ष्मी आचार्य महासमिति सदस्य, आनन्दराज त्रिपाठी, जिल्ला समन्वय समिति प्रमुख शान्ति रमण वाग्ले लगायत अधिकांश वक्ताहरुले एउटा पार्टीको आन्तरिक झगडा ले देश र लोकतान्त्रिक व्यवस्थालाई नै समाप्त पार्ने बाटोमा लागेकाले त्यसको विरुद्धमा नेपाली जनता सडकमा उत्रिनु परेको भन्दै संसद विघटन जस्तो असंवैधानिक कदम तुरुन्त सच्याउनु पर्ने विचार व्यक्त गरेका थिए । नेपाली कांग्रेस पार्टीको आगामी विरोध कार्यक्रम माघ 3 गते ७५३ एउटै गाउँ नगरमा र माघ ८ गते ६७४३ वडामा रहेको आयोजकले जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *