पोखरा – राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को कोभिड १९ का कारण स्थगित परीक्षा मंसीर ९ गतेबाट सुचारु भएको छ । देशभर झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुने परीक्षाको केन्द्रहरु चार हजार एकसय पाँचवटा तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश अन्तरगत ५३६ परीक्षा केन्द्रहरूमा ३८८७७ परीक्षार्थी रहेको र करिब ९५ प्रतिशत उपस्थित रहेको साथै सौहार्दपूर्ण वातावरणमा पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सम्पन्न भएको जनाइएको छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्षहरुलाई स्पष्ट निर्देशन दिएको र निर्देशन बमोजिमको कार्य भए नभएको सम्बन्धित निकायले अनुगमन गरिएकाले परीक्षा मर्यादित र शान्तिपूर्ण रहेको श्रेष्ठको भनाई छ ।
तनहुँ जिल्लामा रहेका ७२ परीक्षा केन्द्रहरुमा करिब ४१०० परीक्षार्थीहरु रहेको शिक्षा समन्वय इकाई प्रमुख रमाकान्त शर्माले जानकारी दिएका छन् । सबै परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण मर्यादित र स्वास्थ्य मापदण्ड अपनाई निर्देशनबमोजिम परीक्षा संचालन भइरहेको शर्माको भनाइ छ । केही परीक्षा केन्द्रहरुले तीन जनासम्म राखेकाले त्यसलाई व्यवस्थित गर्न निर्देशन गरिएको उनको भनाइ थियो ।
पहिलो दिन प्रश्नपत्र इमेलमा पठाउँदा १०–१५ मिनेट ढिलाई भएतापनि दोस्रो दिनमा त्यस्तो समस्या नभएको राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *