लकडाउनको समय अवसर सावित हुन सक्छ । । अहिले केहि शिक्षकहरुको दिनचर्या अनलाईन तालिममा सहभागी भएर वितेका छन् तर केहि शिक्षकहरु पुराना फोटो हेर्ने पोष्ट गर्ने कमेन्ट गर्ने घरभित्र विभिन्न परिकार पकाउने खाने र अरुले खान नपाएको बेलामा धेरै खाएको छु भनी देखाउनमै बितेको छ । कहिले ज्ञान लिने कहिले जानेको कुरा सिकाउने अनलाईन तालिम अवसर पनि हो । प्रविधिमैत्री शिक्षक समाजले सुरु गरेको जुम क्लाउड मिटिड.गले अहिले संघ संगठन विभिन्न संस्था सरकारी निकाय हुदै विद्यालय तहसम्म पुग्दै छ । गुगलले दिएको सुविधा प्रयोग गरेर पनि कक्षा सञ्चालन गर्न सकिन्छ । भर्चुअल माध्यमबाट एस ई ई को कक्षा चलाउन पनि सकिन्छ । त्यसमा एउटा जिल्ला भित्रका स्थानिय तहले सहकार्य गरेर अनलाईन, टेलिभिजन र एफ एम बाट प्रसारण गर्ने र सामाग्री हरु एउटै वेभसाईटमा राखिदिने डाउनलोड गर्न सक्नेले आफै गर्छन नसक्लेलाई विद्यालयमा सम्पर्क गर्न लगाउने र विद्यालय नजिकको शिक्षकको सहयोगमा विद्यार्थीसम्म पुराउन सकिन्छ । के ६ महिना नखुले विद्यार्थीहरुलाई यतिकै राख्ने? अनलाईनबाटनै रिजल्ट प्रकाशित गर्न सकिन्छ । सामाग्री दिएर घरमा नै बसेर सिक्ने अवसर प्रदान गर्न सकिन्छ । किताबी ज्ञानमात्र शिक्षा हो भन्ने सोचलाई परिर्वतन गर्न सकिदैन र ? भोलीको बाटो यहि हो अबको विकल्प प्रविधिनै हो । समयलाई बुझेर सिक्ने र सिकाउने कार्यमा लाग्न सकिन्छ । कता जाने ? के गर्ने? कसरी सहभागी हुने अन्यौलमा हुनुहुन्छ भने सम्पर्कमा जानुहोला । केहि सामाग्री www.teducationsanchar.com मा राखिएको छ । वेभसाईटको सूचना प्रविधिमा गएर हेर्नु होला । लिंकको लागि यहाँ क्लिक गर्नुहोस् 

https://drive.google.com/file/d/1TEEQ_yeOlmWFYhfbH1EpvYWQ43Q6vRJa/view?usp=sharing

Leave a Reply

Your email address will not be published. Required fields are marked *