प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको प्रविधिसम्बन्धि ZOOM मार्फत अनलाइन तालिममा COVID-19 पछिको शिक्षा के हुने भन्ने विषयमा छलफल भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहालको उपस्थितिमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर मनिष पोख्रेलल, साउथ कोरियाका अनलाईन विज्ञ Cavin Shin, प्रविधिमैत्री शिक्षक समाजका केन्द्रिय पदाधिकारी एवं प्रविधिक समितिका पदाधिकारीहरु साथै अन्य सहभागीहरु बीच यस्तो छलफलको सुरु भएको हो । छलफलमा बैचिरिक बहसको सुरुवात काठमाडौ विश्वविद्यालयका प्रोफेसर मनिष पोख्रेलले गरेका थिए । पोख्रेलले बहसको सुरुवातमा COVID-19 पछिका शिक्षामा आउने चुनौती र त्यसको समाधानको लागि चालिनुपर्ने कदमहरु साथै शिक्षामा आएको सैद्धान्तिक परिवर्तनका बारेमा आफ्नो प्रस्तुति दिएका थिए । Lifelong education का लागि Artificial intelligence (AI) ले खेलेको भूमिका साथै Education 4.0 ले प्रविधिमा गरेको परिवर्तनलाई आत्मसात गर्दै COVID-19 पछि Education 4.1 मा गई PBL र CBL लाई अगाडी बढाउनुपरने विचार प्रस्तुत गरेका थिए । यसै छलफलमा साउथ कोरिया का अनलाईन एवं दूर शिक्षाका विशेषज्ञ Cavin Shin ले परिस्थितिले नयाँ कामको लागि सिकाउँदो रहेछ विश्वमा धेरैले अनलाईन शिक्षाको तयारी गरेका थिएनन् तर अहिले बाध्य छन् यो समयले सिकाउने कुरा रहेछ भन्ने विचार व्यक्त गरेका छन् । उनले ब्चतषष्अष्ब Artificial intelligence (AI) का माध्यमबाट शिक्षालाई निरन्तर अगाडि बढाउनुपर्ने बताउँदै नेपालको कमलामाई नगरपालिकामा यो कार्यक्रम अगाडि बढाइएको बताए । उलले यो कार्यक्रमलाई प्रविधिमैत्री शिक्षक समाजमा आवद्ध शिक्षकहरूको यस्तो फोरमा आएर कार्यक्रमलाई अगाडी वढाउन पाउँदा आफू खुशी रहेको बताएका छन । काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा आफूले Online Education नेपालमा अगाडि बढाउने जानकारी गराए ।



    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दाहाले वर्तमान परिस्थितिलाई हेरेर मन्त्रालयले अनलाईन मार्फतको शिक्षालाई अगाडी बढाउने प्रयास गरिरहेको जानकारी गराएका थिए । आउँदा दिनमा प्रविधिमैत्री शिक्षक समाजसंग पनि सहकार्य गरेर कार्यक्रम अगाडी बढाउने र यस संस्थाले नेपालका सबै शिक्षकलाई जोडेर अगाडी बढ्नु पर्ने उनको भनाई थियो । देशभरका करिब ६५ जनाको उपस्थितिमा भएको उक्त छलफललाई प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय सदस्य जगत आलेले सहजीकरण गरेका थिए भने केन्द्रिय अध्यक्ष भूपति बस्याल एवं प्रविधिक समितिका संयोजक घनश्याम अधिकारीले विशिष्ट व्यक्तिहरु प्रति हार्दिक स्वागत गर्दै विशेषज्ञहरूको यो प्रस्तुतिले प्रविधिमा अब नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । संस्थाका परिकल्पनाकार भूपति बश्यालले आफूले चालेको अभियानले सार्थक रुप लिन लागेको र यो अभियानमा जोडिएर सहयोग गर्न देशभरका शिक्षकहरुलाई आग्रह गरेका छन् । प्रविधिमैत्री शिक्षक समाज नेपालले अनलाइन तालिम देशैभर केन्द्र साथै सातओटै प्रदेश समिति मार्फत लकडाउनको समयमा विगत ११ दिनदेखि निरन्तर सञ्चालन गर्दै आएको केन्द्रका सचिव हरिहर दाहालले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *