रेडक्रस दुम्सीकोट उपशाखा एवं जेसिस ब्यासनगरद्धारा ब्यास १० मा राहत सामग्री वितरण
तनहुँ – ब्यास न. पा. वडा नंं. १० मा रहेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखा एवं जेसिस ब्यासनगरले कोरोना भाईरसको कारण लकडाउन भई समस्यामा परेका अति बिपन्न एवं दैनिक मजदुरी गरि खाने ब्यक्तिहरुलाई राहत सामाग्री वितरण गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल मार्फत थालिएको अभियानबाट संकलित एकलाख पचासहजार बराबरको रकमद्धारा ९० घरपरिवारलाई र जेसिसले आफ्ना जेसिस सदस्यहरुबाट संकलित रकम रु एकलाखबाट ४५ घरपरिवारलाई वडानंं. १० ले उपलब्ध गराएको नामावलीको प्राथमिकताका आधारमा राहत वितरण गरेको हो । ब्यास नगरप्रमुख बैकुण्ठनाथ न्यौपाने र वडा अध्यक्ष तुलसीराम सापकोटाले उक्त सामाग्री वितरण गरेका थिए । रेडक्रस दुम्सीकोट उपशाखाका सभापति एवं गण्डकी प्रदेशका युवा संयोजक रामदत्त पौडेल र ब्यासनगर जेसिसका अध्यक्ष भरत कुमार श्रेष्ठको अगुवाईमा भएको कार्यक्रममा रेडक्रससंग आवद्ध पदाधिकारी एवं समाजसेवी र जेसिसका युवा नेतृत्व एवं पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।सहयोग वितरणको सुरुवात गर्दै नगर प्रमुख न्यौपानेले सामाजिक संघ संस्थाहरु रेडक्रस एवं जेशिस ले वर्तमान अफ्ठ्यारो परिस्थितिमा पुराएको सहयोगप्रति आभार प्रकट गर्दै ब्यास नगरले थप ब्यक्तिहरुलाई राहतको कार्यक्रम छिट्टै लिएर आउने तयारी गरेको जानकारी गराएका थिए । वितरण कार्यक्रममा वडा सदस्यहरु लक्ष्मी परियार, सूर्यराज मिश्र, युवा नेतृत्व चिरञ्जिवी अधिकारी, लक्ष्मी भक्त खनाल, बल बहादुर शाही, ईश्वर पौडेल लगाएतको उपस्थिति थियो ।

जेसिसको वितरण कार्यक्रम दुम्सी आसपासका दरै एवं दलितहरुमा केन्द्रित थियो भने रेडक्रसले ब्यास १० बैरेनीबाट सुरु गरी कोमलटारी, हिमपानी,दुम्सी,खहरे, वि.पि.भञ्ज्याङ्ग, अधेरी भञ्ज्याङ्ग, कोलगैरा, दुम्सीचौर हुदै शान्तिनगर डिहिगाउँमा गएर समापन गरेको थियो । समापनको कार्यक्रममा वडाअध्यक्ष सापकोटाले सहयोगमा जुटने सम्पूर्ण ब्यक्ति एवं संस्थाहरु प्रति आभार प्रकट गर्दे आपत विपत परेको समयमा रेडक्रस एवं जेसिस जस्ता संघसंथा सधै सहयोगी बन्ने गरेको र वडा नं. १० को जनता प्रति परेको समस्यामा वडाकार्यलय र जनप्रतिनिधिलाई प्रत्यक्ष सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले आगोलागि भएको समयमा, जटिल रोग र लागेका ब्यक्तिहरुलाई, बाढी पहिरो एवं भुकम्पको समयमा समेत यस्ता राहत संकलन गरि वितरण गर्ने गरेको थियो । रेडक्रसको अभियानमा बाराहि क्वाईरिज काठमाडौंले रु३७५०० ९२५ बोरा चामल०, एकीकृत हरित विकास नेपाल ९क्ष्न्म्ल्०बाट रु १००००, भुपेन्द्र बोटे ब्यास १० बैरेनि रु१०००० , बिशाल गिरि ब्यास १० खहरे रु ९००० ,सुनिल रिजाल जापानबाट रु ६०००, बल बहादुर शाही ब्यास १० खहरे रु ७५००, वडा अध्यक्ष तुलसीराम सापकोटा ब्यास १० वडा अध्यक्ष रु ५०००, ईश्वर पौडेल व्यास १० डिहिगाउ रु ५००० लगाएतका महानुभावहरुले स्वतः सामाजिक सञ्जालमार्फत सहयोग दिने घोषणा गरेको सचिव यम प्रसाद सापकोटाले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *