तनहुँ– गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्ने काँग्रेस सांसदहरुले जिल्लाभरी भएको जनताको स्वास्थ्य अवस्था, स्थानिय तहमा भएको तयारी र अन्य ब्यवस्थापनको विषयमा भएका कार्यहरु क्वारेन्टाईन, आईसोलेसनका कुराहरु विरामीहरु जाँचगर्ने र यदि कोरोना संक्रमित भए थप उपचापरका चुनौतीहरुका विषयमा बुझ्न साथै लकडाउनले पारेको असर बारेमा बुझ्न बिहिबार जिल्लाका स्थानिय तह र स्वास्थ्य संस्थाहरुमा गई त्यहाँको यथार्य बस्तुस्थिति बुझ्नेकाम गरेका छन् । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेश सभा सदस्यहरु दोबाटे बि. क. र सरिता गुरुङले बिहिबार पालिकाहरु भिमाद, शुक्लागण्डकी, म्याग्दे, ब्यास साथै दमौली अस्पताल र जि. पि. कोईराला स्वासप्रश्वास उपचार केन्द्रका सम्बन्धित जनप्रतिनिधिहरु र स्वास्थ्य प्रमुखहरुसंग भेटी त्यहाँ भएगरेका कामकार्वाही र वर्तमान अवस्थामा परेका समस्याहरु प्रति चासो ब्यक्त गरेका छन् । जिल्लाको यथार्थ वस्तुस्थिति बुझेपछि प्रतिक्रियादिदै राष्ट्रिय सभा सदस्य पन्थले स्थानिय तहले क्वारेन्टाईन ब्यवस्थापन गर्ने कुरा त्यहाँका बिरामीको पहिचान गर्ने र जनचेतना अभिवृद्धि गर्ने कुरा साथै राहत वितरण गर्ने कुरा सामान्य गर्न सक्ने यदि कुनै ब्यक्तिमा कोरोना संक्रमण देखिएमा उनीहरुलाई उपयूक्त किसिमले उपचार गर्ने कुरा चुनौतीपूर्ण रहेको निष्कर्ष बताएका छन् । उनले स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारले कुनै सहयोग गर्न नसकेको थर्मोमिटर, पिपिई जस्ता उपकरणहरु समेत अहिले सम्म उपलब्ध गराउन नसकेको गुनासो रहेको बताए ।

विश्वमा आएको समस्यालाई बुझ्दै जनतालाई दुख परेको बेला हामी प्रतिपक्षमा नभई सरकारलाई हर तरिकाले सहयोग गर्न तयार छौ तर सरकारले अगुवाई गर्नुप¥यो, हामीले अहिले सम्म कुनै नकारात्मक आलोचना गरेका छैनौ सुझाव प्रजातन्त्रमा सामान्य हो भन्दै राष्ट्रिय सभा सदस्य पन्थले सरकारले नै काम गर्नुप¥यो सरकारका लागि यो अवसर र चुनौती दुवै हो भनेका छन् । सरकारको गाडी कुद्नु पर्यो र कुदाउनु पर्यो हाल स्थानिय तहका जनप्रतिनिधिहरु मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुसंग बुझ्दा स्थिति भयावह छ , उनीहरुले प्रदेश र संघले कुनै सहयोग गर्न नसकेको गुनासो ब्यक्त गरेका छन् उनको भनाई थियो ।

त्यसैगरि प्रदेश सभा सदस्य दोबाटे वि. क.ले सरकारले गाउँपालिकालाई ५ लाख र नगरपालिकाका लागि १० लाख छुट्याएको त्यसबाट राहतका सामाग्री वितरण गर्न पर्याप्त नभएको गुनासो स्थानिय तहको रहेको बताएका छन् । संघिय सरकारले स्थानिय तह मार्फत निम्न वर्गमा परेको समस्याको तत्काल राहत महशुस हुने गरि योजना ल्याउनुपर्ने उनको भनाई थियो । प्रदेश सदस्य सरिता गुरुङले आम जनमानसमा आएको यो विषम परिस्थितिमा सतर्कता अपनाउन र केहि दिन धैर्यताका साथ उच्च मनोवल गरी कुनै त्रासको महशुस नगरी घरमा बसेर सहयोग गर्न आम जनतालाई आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *