तनहुँ – ब्यास न. पा. वडा नंं. १०मा रहेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले कोरोना भाईरसको कारण लकडाउनका कारण समस्यामा परेका अति बिपन्न एवं दैनिक मजदुरी गरि खाने ब्यक्तिहरुलाई राहत सामाग्री वितरण गर्ने भएको छ । सामाजिक सञ्जाल मार्फत थालिएको अभियानबाट संकलित एकलाख तिसहजार बराबरको रकमद्धारा करिब ८० घरपरिवारलाई वडानंं. १० ले उपलब्ध गराएको नामावलीको प्राथमिकताका आधारमा राहत वितरण गर्न लागिएको उपशाखाका सभापति एवं गण्डकी प्रदेशका युवा संयोजक रामदत्त पौडेलले जानकारी गराएका छन् । सहयोगमा जुटने सम्पूर्ण ब्यक्ति एवं संस्थाहरु प्रति आभार प्रकट गर्दे आपत विपत परेको समयमा रेडक्रस सधै सहयोगी बन्ने गरेको र वडा नं. १० को जनता प्रति परेको समस्यामा वडाकार्यलय र जनप्रतिनिधिलाई प्रत्यक्ष सहयोग गर्न लागेको मा वडा अध्यक्ष तुलसीराम सापकोटाले खुसी ब्यक्त गरेका छन् । स्थानिय सरकारको सहयोग र रेडक्रसद्धारा संकलित सहयोगलाई मिलाएर वडामा राहत वितरण गरिने उनको भनाई रहेको छ । रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले आगोलागि भएको समयमा, जटिल रोग रागेका ब्यक्तिहरुलाई, बाढी पहिरो एवं भुकम्पको समयमा समेत यस्ता राहत संकलन गरि वितरण गर्ने गरेको थियो । यस अभियानमा बाराहि क्वाईरिज काठमाडौंले रु३७५०० (२५ बोरा चामल), एकीकृत हरित विकास नेपाल (IGDN)बाट रु १००००, भुपेन्द्र बोटे ब्यास १० बैरेनि रु१०००० , बिशाल गिरि ब्यास १० खहरे रु ९००० ,बल बहादुर शाही ब्यास १० खहरे रु ७५००, वडा अध्यक्ष तुलसीराम सापकोटा ब्यास १० वडा अध्यक्ष रु ५०००, ईश्वर पौडेल व्यास १० डिहिगाउ रु ५००० लगाएतका महानुभावहरुले स्वतः सामाजिक सञ्जालमार्फत सहयोग दिने घोषणा गरेको सचिव यम प्रसाद सापकोटाले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *