तनहुँ – विगतको परम्परालाई निरन्तरता दिंदै तनहुँ उद्योग बाणिज्य संघले जिल्लामा सरुवा भई आएका प्र.जि.अ. बद्रीनाथ अधिकारीलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ । जिल्ला अध्यक्ष मानकाजी श्रेष्ठ, केन्द्रिय सदस्य देव कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र, महासचिव ईम कुमार मल्ल, कोषाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, दमौली बजार इकाई समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, रिपोर्टस क्लब गण्डकी प्रदेशका संयोजक मदन वाग्ले, नेपाल प्रेस यूनियन तनहुँका अध्यक्ष अमरराज नहर्की लगाएतका पत्रकार सहितको टोलीको उपस्थितिमा स्वागत कार्यक्रम गरिएको थियो ।

स्वागत पश्चात बोल्दै प्रजिअ अधिकारीले निजी क्षेत्रको विकास विना समग्र राष्ट्रको विकास असम्भव भएको बताएका छन् । उद्योग बाणिज्य संघ सरकारको अभिन्न अंग भएको जसले् अहिलेको विषम परिस्थितिमा राज्यलाई सहयोग गर्नु पर्दछ र यस्को ईतिहास हेर्दा विशेष अवस्थामा सहयोग गरिरहेको छ भन्दै सहयोग प्रति धन्यवाद ब्यक्त गरेका छन् र उद्योगी एवं ब्यवसायीहरु बीच सम्बन्ध सुमधुर रहने विश्वास पनि ब्यक्त गरेका छन् । त्यसै अवसरमा बोल्दै अध्यक्ष मानकाजी श्रेष्ठले ब्यवसायीहरु ब्यापारी मात्र नभएर उपभोक्ता पनि हुँ भन्ने धरणाको विकास हुनु पर्ने जरुरी रहेको बताईएको छन् । ब्यवसायी भई कालाबजारी र गलत तरिकाले ब्यवसाय गर्नेहरुलाई उद्योग बाणिज्य संघले कार्वाहि गर्न सहयोग गर्ने बताएका छन् । अहिले कोरोना भाईरसको उपचारार्थ कार्यका लागि संघले रु. २५००० रकम विपत ब्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *