पोखरा–देशभर विद्यालय तहको परीक्षा सञ्चालन भई रहेको छ । SEE परीक्षा चैत्र ६ गते बाट सुरु हुदैछ । विश्वमा फैलिएको कोरोना भाइरको त्रास संगै देशभर खाना पकाउने एल.पी ग्याँसको कृत्रिम अभाव सृजना भएको पाइन्छ । बजारमा ग्याँसको लागि घण्टौ लाइनमा बस्नु पर्ने शहरी क्षेत्रका व्यतिmहरुले ३—४ ओटा स्टक राख्दा अत्यावश्यक पर्ने र धेरै खरिद गर्न नसक्ने व्यक्तिहरुलाई अभाव सृजना भएको गुनासो आउने गरेको छ । ग्याँस उत्पादन गर्ने उधोगमा ग्याँस अभाव नभएको र माग भए अनुरुप ग्याँस सिलिण्डर पठाइएको भनिएता पनि बजारमा माग भए बमोजिम आपूर्ति भएको देखिदैन । गाउँगाउँमा र ग्याँस डिपो र किराना पसलहरुमा पाइने ग्याँस अहिले डिलरमै गएर लाईन बस्दापनि पाउने—नपाउने कुराको निश्चितता नभएको वास्तविकता वर्तमान परिवेशमा पाइन्छ भने यस्तै अवस्था सृजना हुदै गएमा अझै अभावको सृजना हुने संकेत पाइन्छ । परीक्षाको समयमा आएर भएको यस्तो कृत्रिम अभावले परीक्षार्थी एवं अभिभावकहरु प्रत्यक्ष प्रभावित हुने देखिन्छ । कृत्रिम अभावका सम्बन्धमा सुरक्षा निकायहरुसंग सम्पर्क गर्दा उनीहरुले निगरानी गरिरहेको, त्यस्तो कहि कतै पाइएमा जनताले सूचना गरेको खण्डमा तुरुन्त कार्बाही गर्न सकिने बताएका छन् ।

व्यापारीहरुले कालोबजारी गर्न नपाउने , चलन चल्तीको मूल्यमा फरक गर्न नहुने , पारदर्शी ढंगले बिक्रीवितरण गर्नुपर्ने जुनसुकै समाग्री पनि लुकाएर अभाव सृजना गरेमा कार्बाहीको दायरामा ल्याइने कुरा तनहुँ एस.पि. विनोद सिलवालले बताएका छन् । हाल बजारमा दैनिक उपभोग्य बस्तु , ग्याँस , पेटा«ेल , औषधी सञ्चित गरी राख्न थालिएको छ । यसले भोलीको अवस्थालाई सोचविचार गर्ने कार्य भएको भएता पनि तल्कालिन अवस्थालाई नियन्त्रण गर्न सरकारले कदम चाल्नु पर्ने देखिन्छ ।

यसै बीच ग्याँस बिक्रेता महासंघ नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले ग्याँसको अभाव सृजनाहुन नदिन आफुहरुले कदम चालिसकिएको , एक सिलिण्डर एक व्यतिm हुने गरी वितरण गरिएको साथै अत्यावश्यक पर्ने ठाउँ ,सरकारी कार्यलय वा निकायहरुमा अभाव नहुने गरी वितरण गर्ने गरिएकाले माग बमोजिम ग्याँसलाई सहज बनाउन क्रियासिल रहेको बताएका छन् । उद्योगमा ग्याँसको अभाव छैन ढुवानीका कारण असहज भएको हो । १—२ दिनमै यसलाई सहज बनाउँछौ उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *