म्याग्दे — कतिपय घट्नाहरु आफ्नै पिडा र समस्याबाट सृजित हुन्छन् त कतिपय घट्ना जान अन्जानमा हुने गर्दछन् ।

कहिले काँही नसोचेको घट्ना घट्न पुग्छ । यस्तै एउटा घट्ना भएको छ र त्यसको सिकार बनेकी छन् म्याग्दे गा.पा. हर्षपुरकी एक बालिका । थापा परिवारकी बालिका नजिकैको विद्यालयमा कक्षा ४ मा पढ्दै थिइन उनको उमेर मात्र ९ बर्षको रहेको थियो । बाबु विदेश रहेको उक्त परिवारको ४ छोरीहरु थिए जसमध्ये माईली छोरी को उक्त आत्महत्या भएको थियो । घरमा खाना बनाएर बसिरहेका छोरीहरु खेल्दै गर्दा घरभित्र खाटमा चढी सिलिङ्गमा सल लगाएर झुडिएको अवस्थामा छट्पटी भई घट्नास्थलमा नै मृत्यु भएको थियो । घट्नाको प्रकृति हेर्दा खेल्ने क्रममा अन्यत्र देखेको नक्कल गर्न खोज्दा घट्ना भएको हुन सक्ने देखिन आएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । यस्ता घट्नाले समाजमा नकरात्मक नक्कल गर्ने शौलीको कारण गम्भिर प्रकृतिका घट्नाहरु पनि घट्न सक्छन् भन्ने संकेत गरेको र त्यसलाई न्यूनिकरण गर्न जरुरी रहेको पाउन सकिन्छ । घटना यहि पौष ३ गते घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *