दमौली– नेपाल सरकारले कोरोनाको विश्वब्यापी आतंकलाई मध्यनजर गर्दै चैत्र ५ गत भित्र परीक्षा सक्नका लागि दिएको निर्देशन अनुरुप फाल्गुन २८ गतेबाट सञ्चालनमा रहेको ब्यास नगरपालिका अन्तरर्गतका विद्यालयहरुको परीक्षाबारे जानकारी लिन शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी सहितको टोली शनिबार ब्यास १०, ७ र ६ का विद्यलयहरुमा पुगेको छ । टोलीमा शाखा अधिकृत राधा आचार्य, नेपाल शिक्षक संघका नगर अध्यक्ष बिर बहादुर बस्नेत, ग्ल्त्इ का अध्यक्ष गजेन्द्र पन्थ, अ. ने. शि. संगठनका हिमलाल घिमिरे, नेपाल शिक्षक संगठनका कल्पना घिमिरे नगर परीक्षा सदस्य सचिव रामदत्त पौडेल लगाएतका थिए । नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेलले ब्यास १० स्थित चण्डिदेवी रा. मा. वि.मा टोलीलाई स्वागत गर्दै शैक्षिक क्षेत्रमा अनुगमनको पाटो महत्वपूर्ण भएकाले त्यसका लागि ब्यास नगरपालिकाले गरेको कार्यको प्रशंसा गरेका थिए । उक्त टोलीले आधारभूत शिक्षा परीक्षा लगाएत कक्षा ९ सम्मको परीक्षा ब्यवस्थापनका विषयमा अनुगमन गरेको जनाईएको छ । अनुगमनका क्रममा ब्यास १० का चण्डिदेवी रा. मा. वि, दुम्सी मेमोरियस बोर्डिङ् स्कूल, शिव मा. वि., ब्यास ७ का क्यामिन मा. वि, दोभान बोर्डिङ् स्कूल र ब्यास ६ को महेन्द्रज्योती मा. वि.मा अनुगमन गरेको थियो । ब्यास नगरपालिकाले यस वर्ष दोस्रो चौमासिक परीक्षा बाट संयूक्त रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ । ७५ ओटा विद्यालय रहेको ब्यास नगरपालिकामा १०१०० जना विद्यार्थीहरु परीक्षामा सहभागी रहेका छन् । अनुगमन पश्चात शिक्षा शाखा प्रमुख रेग्मीले हालका परीक्षाहरु चिटलेस र साउण्डलेस बन्दै गएको साथै सौर्हादतापूर्ण वातावरणमा शान्तिपूर्वक परीक्षाहरु सञ्चालन भएको प्रतिक्रिया ब्याक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *