तनहँु —व्यास नगरपालिकाको नगर परिषद्ले पारित गरेको केही व्यासनगरपालिका ऐनलाई संसोधन गर्ने ऐन २०७६ जारी गरेपश्चात व्यास नगरपालिका न्यायिक समिति ऐन —२०७४ दफा ५९ ( ४ ) मा रहेको मेलमिलाप प्रवर्धन समितिद्धारा नगरपालिका भित्रका १४ ओटा वडाहरुमा आएका समस्याको समाधान गर्ने दक्ष मेलमिलापकर्ताको आवश्यकतालाई मध्यनजर गरी ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गरेको छ । व्यासनगरपालिकाको आयोजना र शान्तिका लागी समग्र विकासको सहजिकरणमा उक्त तालिम सञ्चालनमा रहेको छ । तालिमको उद्घाटन गर्दै व्यासनगर प्रमुख वैकुण्ठ न्यौपानेले जनमानसको न्यायका लागि न्याय समितिलाई क्रिमाशिल गराइएको र कानुनी रुपमा नै नीति निर्माण गर्दै हाल जनशक्ति निर्माणको चरणमा पुगेको जसले समग्र नगरपालिकाको न्यायको आधार तयार हुने विचार व्यक्त गरेका छन् । तालिमको अनुगमन गर्ने क्रममा न्यायिक समितीको संयोजक उपमेयर मिरा जोशीले मेलमिलाप कर्ता व्यास.न.पा. को न्यायका मेरुदण्ड भएकाले आगमी दिनमा व्यासको न्यायिक समितिले सशक्त भूमिका खेल्ने विचार व्यक्त गरेकी छन् । तालिममा जिल्ला न्यायधिश दुर्गा प्र. ढुंगेल पुनरावेदन अदालतका पूर्व मुख्य न्यायधिश केशरी राज पण्डित , डा. मुक्ति रिजाल, विद्या खनाल , कल्पना आचार्य , हरि प्र पण्डित लगाएतले प्रशिक्षण दिएको आयोजकले जानकारी दिएको । फाल्गुन २३ गते बाट सञ्चालनमा रहेको तालिम ३० गते सम्म रहने छ । तालिमले समस्याको समाधनका लागि आवश्यक ज्ञान, सिप , प्रक्रिया साथै मनोसामाजिक पक्षहरुको जानकारी दिनुका साथै न्यायका लागि जित हार तर्फ नभई जीत—जीतको अवस्था सिर्जना गर्दै सामाजिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने बालमनोविज्ञ समेत रहेकी सहभागी मिना कुमारी दुराको भनाई रहेको छ । देशभर ७५३ ओटै न्यायीक समिति रहेको छ तर अझै पनि न्यायीक समितिले बिना कानुनी आधारमा कामकार्बाहि गर्दै आएको परिवेशमा कानुनका ज्ञाता समेत रहेका नगर प्रमुख वैकुण्ठ न्यौपानेले नेतृत्व गरेको व्यास.न.पा. को उदारणीय कार्यबाट अन्य तहहरुले पनि अनुशरण गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *