तनहुँ  – व्यासको जन्मभूमि र आदिकविको साधनाभूमि तनहुँको दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । यहि २०७६ फाल्गुन २४ देखि २६ गते सम्म सम्मेलन आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले गरेको पत्रकार सम्मेलनमा “भाषा, साहित्य, संस्कृतिको उत्थान : साहित्यिक जागरण हाम्रो अभियान” भन्ने नाराका साथ सम्मेलनको दोस्रो दिन वृहत राष्ट्रिय कविता प्रतियोगिता हुने जनाईएको छ । सार्वजनिक कार्यक्रम अनुसार पहिलो दिन सम्मेलनको उद्घाटन, अतिथिहरुबाट कविता वाचन एवं शुभकामना रहने छ भने दोस्रो दिन सातओटै प्रदेशबाट संकलित २७३ ओटा कविता मध्ये उत्कृष्ठ ५० ओटा कविता वाचन हुने र त्यसमध्ये १० उत्कृष्ठलाई पुरस्कृत गरिने जनाईएको छ । तेस्रो दिनमा साहित्यमा विशेष योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गर्ने, पुरस्कार वितरण गर्ने, एवं समापन कार्यक्रम रहने जनाईएको छ ।

पहिलो दिनमा मुख्य मन्त्रीले उद्घाटन गर्ने, दोस्रो दिनमा साहित्यिक एवं प्राज्ञिक ब्यक्तित्व प्रमुख अतिथिको रुपमा रहने साथै तेस्रो दिन व्यास न. पा. का प्रमुख, प्रमुख अतिथिको रुपमा रहन सक्ने जनाइएको भएतापनि अन्तिम निर्णय भने भईनसकेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । राष्ट्र कै महत्वको रुपमा रहेको राष्ट्रिय साहित्य सम्मेलनले साहित्यमात्र नभएर व्यासभूमि र यस क्षेत्रको महत्वपूर्ण स्थलको भ्रमण र पहिचानमा समेत सहयोग पुग्ने भएकाले सबैले आ आफ्नो स्थानबाट सहयोग पु¥याउन प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा ब्यास अध्येता काशीनाथ न्यौपाने, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्ष डम्बर अधिकारी, रिपोर्टस् क्लब गण्डकीका संयोजक मदन वाग्ले, प्रतिष्ठानका सल्लाहकारहरु डा. ईश्वरचन्द्र वाग्ले, श्रीराम कार्की, आर्थिक संयोजक समुन्द्र गोदार, अन्जु दाहाल, गौकुमारी न्यौपाने, शान्ता बास्तोला लगाएत प्रतिष्ठानका पदाधिकारीहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो । कविता प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई रु. ५५ हजार, द्धितिय रु. ४० हजार, तृतिय रु. २५ हजार र ६ जनालाई रु. १० हजार सहित सान्त्वना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *