तनहुँ – ब्यास नगरपालिका १० दुम्सीबजारमा रहेको डि ल्याड क्लबले महाशिवरात्रीको अवसरमा सञ्चालन गरेको तेस्रो डि ल्याडकप २०७६ बाट बचेको रकम मध्ये रु. ३१,१११ रकम धुर्मुस सुन्तली फाउण्डेसनले अगुवायी गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको क्लबको बैठक पश्चात आय ब्याय सार्वजनिक गर्ने क्रममा क्लबका अध्यक्ष प्रकास थापाले उक्त निर्णय समेत सार्वजनिक गरेका हुन् । मादि किनारा स्थित रहेको खेल मैदानमा सञ्चालन गरेको तेस्रो डि ल्याडकप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७६ मा भएको सार्वजनिक आय ब्याय विवरण अनुसार रु. २,३९,१८० आम्दानी रहेको जसमध्ये विभिन्न शिर्षकमा गरि जम्मा रु.१,७१,२१७ खर्चभई रु. ६७९७३ रकम बचत भएको जानकारी कार्यक्रममा गराईएको थियो । बाँकी रकमले स्थानिय स्तरमा हुने कार्यक्रमका लागि आवश्यक टेन्ट खरिद गरिने निर्णय भएको समेत अध्यक्षले जानकारी गराएका छन् । खेल संयोजक मोहन विक्रम राणाले सौहार्दता पूर्ण खेलमा सहभागी एवं सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । त्यस क्षेत्रका युवाहरु यज्ञ कडेल, तुलसी कडेल, पराशर सुवेदी, सञ्जय पुरी, शिव बस्नेत, सुवास सापकोटा, राजन सापकोटा, अनिल रिजाल लगाएतले सक्रिय भूमिका खेल्दै समय अनुसार क्रियटिभ कार्यक्रमहरु गरिरहेको र अन्य थप कार्यक्रमको लागि सहयोगी हातहरुको खोजी भएको जनाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *