तनहुँ – नेशनल प्याब्सन तनहुँको नेतृत्वमा चुनावी प्रकृयाबाट अध्यक्षमा राम कृष्ण बि.क. निर्वाचित भएका छन । २६ मत पाएर उनी अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी दिर्घबहादुर दरैले २१ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा ३१ मत ल्याइ ईश्वर राज पन्थ, सचिवमा ३५ मत ल्याइ प्रकाश खड्का कोषाध्यक्षमा ३५ मत नै ल्याइ ऋषिकेश क्षेत्री निर्वाचित भएका छन । समितिको सदस्यहरुमा ४४ मत ल्याइ पुष्प श्रेष्ठ, ४२ मत ल्याइ बिधायक भट्टराई, ४२ नै मत ल्याइ याम बहादुर थापा, ३८ मत ल्याइ अनुराग थापा, ३३ मत ल्याइ रोशन नागिला, जिबराज श्रेष्ठ र नबराज अधिकारी, ३२ मत ल्याइ सिताराम बानियाँ र ३० मत ल्याइ पृतम थापा निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । अध्यक्ष लगायत पदाधिकारी र सदस्यमा सर्वसम्मत हुन नसकेपछि मतदानबाट समिति चयन गरिएको हो । अधिवेशनको नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले उद्घाटन गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *