तनहुँ – ब्यास नगरपालिका भादगाउँ हाईस्कुलटारमा रहेको नवयुवा क्लबले दमौलीको वि.पि. बाटिका स्थित रहेको खेल मैदानमा सञ्चालन गरेको दोस्रो नवकप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७६ को आय ब्याय विवरण एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । कार्यक्रममा कोषाध्यक्ष राजेश थापाले सार्वजनिक गरेको विवरण अनुसार रु. १४,०३,७४२ को आम्दानी रहेको छ जसमध्ये रु.१०,०४,६२७ विभिन्न संघसंस्था एवं ब्यक्तिहरुबाट सहयोग प्रप्त भएको जनाईएको छ । विभिन्न शिर्षकमा गरि जम्मा रु.६,१२,१८१ खर्च भएको र रु.६,६९,४४६ बैक मौज्दात साथै रु.१,२२,११५ उठ्न बाँकी रहेको जानकारी कार्यक्रममा गराईएको थियो । क्लबका अध्यक्ष सनम तामाङको अध्यक्षतामा बसेको सार्वजनिक कार्यक्रममा वडा सदस्य निर बहादुर मल्ल ठकुरी, टोल विकास संस्थाका अध्यक्षहरु, आमा समूहका अध्यक्ष एवं पदाधिकारी, क्लबका सदस्यहरु, महिला सञ्जालका प्रतिनिधिहरु एवं स्थानिय जनसमूदाय एवं पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एकता महिला सञ्जालकी अध्यक्ष गिरी माया मिश्रले क्लबले गरेको कार्यक्रमको प्रशंसा गर्दै भावी कार्यक्रमलाई अझ ब्यापक बनाएर लैजानुपर्नै बताएकी छन् । क्लबका उपाध्यक्ष रामचन्द्र वि. क. ले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।
क्लबको भावी कार्यक्रम
सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्षले क्लबले गर्ने भावी कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनका अनुसार यस महिना भित्रमा क्लबले नगर स्तरिय वक्तृतवकला प्रतियोगिता राख्ने, युवा लक्षित गरि लागू पदार्थ र्दुब्यसनी सचेतना कार्यक्रम सञ्चालन गर्ने साथै चैते दशैको अवसरमा हाईस्कुल टारमा चैतेदशै मेला राख्ने जसमा गाउँघरका अर्गानिक वस्तुहरुलाई प्रवर्धन गर्ने, स्थानिय डोको, कुचो, सिप्लिकान, निउरो, गिठा, सखरखण्ड, तरुल जस्ता चिजहरुलाई प्राथमिकता दिने जसका लागि शहर सम्म ल्याउन क्लबले भाडा सुविधा साथै स्टलहरुको भाडा नलिने साथमा जिल्लाको क्लबस्तरिय भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र बालबालिकाहरुको मनोरञ्जनका लागि पुरानो खेलहरु सञ्चालन गर्ने रहेका छन् । दिर्धकालिन रुपमा हाटबजारको अवधारण यस ठाउँमा अगाडी बडाउने समेत जानकारी अध्यक्षले गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *