तनहुँ – नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशको दोस्रो साधारण सभा ब्यासको जन्मभूमि रहेको ब्यास नगरपालिका सभाहलमा सम्पन्न भएको छ । रेडक्रस केन्द्रिय उपमहामन्त्री हरि प्रसाद न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न सभामा जिल्ला सम्न्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, रेडक्रस केन्द्रिय सदस्य सुर्यचन्द्र न्यौपाने, बाग्मती प्रदेशका रामजी पौडेल लगाएतका ब्यक्तिहरुको उपस्थिति थियो भने गण्डकी प्रदेशका ११ ओटै जिल्लाका प्रदेश सभासद्हरु, प्रदेशकमिटी एवं तनहुँ जिल्ला कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले रेडक्रस सहकर्मीहरु निस्काम कर्मयोगी भएर मानविय सेवामा लाग्नुपर्ने विचार ब्यक्त गरेका छन् । ब्यक्ति खराब हुनसक्छ तर पवित्र संस्था रेडक्रस आफैमा खराब नरहेकाले पत्रपत्रिका र कुनै ब्यक्तिको पछि नलागि मानवताप्रति सम्मान प्रकट गर्दै आफ्ना कार्यमा निरन्तर लाग्नुपर्ने न्यौपानेको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले विशुद्ध मानविय सेवामा लाग्ने ब्यक्तिहरुको जमातलाई अहिले ग्रहण लागेको छ भन्दै यसलाई अर्को रुपलिनबाट जोगाउन बेलैमा सजग हुनुपर्ने साथै नैतिकताको खडेरी परेको बेला कल्याणकारी कार्यमा लाग्न रेडक्रसले प्रेरित गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । मन्तब्य कै क्रममा ब्यास नगर प्रमुख न्यौपानेले रेडक्रसको मानविय कार्यहरु एकातिर राखेर आन्तरिक मनमुटावमा लाग्दा यसको प्रतिष्ठामा धमिलो हुने हो की भन्दै सात सिद्धान्तलाई सम्झेर आफ्ना कार्य अगाडी बढाउनु पर्ने उनको भनाई रहेको थियो । शुभकामना मन्तब्य दिदै तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले मानव सेवामा लाग्ने संस्थालाई लोकतान्त्रीकरण गर्न आवश्यक रहेको र त्यसै अनुरुप विधान निर्माण गरि संस्था दर्ता गर्ने र अन्य कार्यहरु अगाडी बढाउनु आवश्यक रहेको कुरा ब्यक्त गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश संयोजक सुर्य प्रसाद ढकालको सभापतित्वमा सम्पन्न सभामा गण्डकी प्रदेशले गरेका कार्यहरुको प्रतिवेदन महासचिव बलराम आचार्यले प्रस्तुत गरेका थिए । त्यसै अवसरमा वार्षिक रुपमा रेडक्रसमा महत्वपूर्ण योगदान पु¥याउने गण्डकी प्रदेशका रेडक्रसकर्मी एवं कर्मचारीहरु खेमराज सापकोटा, लक्ष्मण कोईराला र शिवकाजी पियालाई सम्मान गरिएको थियो । बन्दसत्रमा प्रस्तावित प्रतिवेदन, आगामी वर्षको कार्यक्रम एवं बजेट साथै विशेष प्रस्ताव पारित गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *