दाङ – सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ ले दाङमा आयोजना गरेको प्रदेश एक्स्पो २०७६ फाल्गुन १० गतेबाट सुरु भएको छ । उक्त एक्स्पोमा प्रविधिमैत्री शिक्षक समाजले आफ्नो डिजिटल शैक्षिक सामाग्रीहरु प्रस्तुत गरेको छ । प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ देशैभर सञ्जाल विस्तार गरेको प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रदेश समितिले उक्त सामाग्री प्रदर्शन गर्ने ब्यवस्था गरेको हो । एक्स्पोमा कक्षा शिक्षणमा विभिन्न विषयमा प्रयोग गरिने सामाग्रीहरु, विद्यालय प्रोफाईल, परीक्षा प्रणालीलाई ब्यवस्थापन गर्ने सफ्टवयरहरु, मोबाईल प्रयोग गरि गरिने शिक्षण लगाएतका सामाग्रीको खोजी एवं निर्माण प्रक्रियाको जानकारी गराईने छ । प्रदेश एक्स्पोमा शैक्षिक आकर्षणको रुपमा प्रविधिमैत्री शिक्षक समाजको स्टल रहेको गण्डकी प्रदेशबाट सहभागी भएका प्रदेश सचिव संविधान लामिछानेले बताएका छन् । युवराज तिवारीको संयोजकत्वमा प्रशिसका प्रदेश स्तरिय ९ जना शिक्षकहरु उक्त कार्यमा लागिरहेको कुरा शिक्षा सञ्चारलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *