तनहुँ – ब्यास नगरपालिका वडा नं. १० दुम्सीबजार स्थित डि ल्याण्ड क्लबद्धारा आयोजित तेस्रो डि ल्याण्ड कपको उपाधि ब्यास १ भादगाउँको दोभान युथ क्लबले हात पारेको छ । आयोजक डि ल्याण्ड सी संगको फाईनल खेलमा २–० गोल अन्तरले दोभान क्लब विजेता रहयो भने आयोजक डि ल्याण्डले उपविजेतामा चित्त बुझाएको छ । विजेताले रु. ५११११ रकम सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले रु. ३११११ रकम सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाईनल खेल हेर्न ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, वडा नं. १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, रिपोर्टस क्लब गण्डकी प्रदेश संयोजक मदन वाग्ले लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं दर्शकहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै नगर प्रमुख न्यौपानेले ब्यास १० को मादि नदी किनारामा रहेको खेल मैदानलाई प्याराफिट सहितको  11 Side बनाउन आफूले ब्यास नगरपालिकाको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

7 A Side फुटबलले दर्शकलाई तताउन नसक्ने र फिफाले पनि मान्यता प्रदान नगर्ने भएकाले राष्ट्रिय खेलाडी उत्पादन गर्नको लागि पनि 11 Side फुटबललाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भ जोडदै “नगरपालिकाले 7 A  Side फुटबललाई सहयोग गर्न रोकी 11 Side खेललाई प्रोत्साहन गर्ने बेला आएको छ ” न्यौपानेको भनाई थियो ।

मन्तब्यकै क्रममा वडा नं. १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले चौथो डि ल्याण्ड कप 11 Side हुने र त्यसका लागि ग्राउण्ड, प्याराफिट, र शौचालय निर्माण कार्यका लागि वडाले प्रयत्न गर्ने बताएका छन् । सापकोटाले “वडा नं. १० युवासंगको साथ र सहयोगका लागि सधै तयार रहेको जसका लागि आफूले हरेक क्षणमा उपस्थित भएर सहयोग पु¥याउने” प्रतिबद्धता ब्यक्त गरेका थिए ।


डि ल्याण्ड युथ क्लबका अध्यक्ष प्रकाश थापा र खेल संयोजक मोहन विक्रम राणा सहितको समितिले खेल अवधिभर भएका विभिन्न बिधाबाट खेलाडी छनौट गरि अवार्ड समेत प्रदान गरिएको थियो । जस अनुसार उत्कृष्ट खेलाडी विकास गुरुङ्ग, अधिकतम गोलकर्ता हेम थापा (४ गोल), उत्कृष्ट डिफेन्स दिलिप बुडामगर, उत्कृष्ट फरवाड अनमोल थापा, उत्कृष्ट गोल किपरमा सन्दिप थापामगर साथै पिपुल च्वाईस अवार्डमा शिव मा. वि. का नव उदयमान खेलाडी अनुराग नेपाली छनौट भएका थिए ।  समापन कार्यक्रममा सह प्रायोजक बाराहि क्योरिज काठमाडौं, मिडिया पार्टनर प्रादेशिक खबर राष्ट्रिय दैनिक एवं www.educationsanchar.com अनलाईन मिडिया र सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *