काठमाडौं – नेपाल शिक्षक संग को दोस्रो प्रतिनिधि सभा मा  पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य माननीय सांसद प्रकाशमान सिहले शिक्षक हरूलाई सम्मान गरेका छन् । नेता सिहले शिक्षक संघ काठमाडौं महानगर कार्य समितिले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी लक्ष्यित अतिरिक्त क्रियाकलाप गरेकाे शिक्षककाे पेसागत अभिवृद्धिका लागि तालिमको व्यवस्था गरेकाे मा प्रसंशा गर्नु समेत गरेका थिए। उक्त कार्यक्रममा ८ जना प्रधानाध्यापक तथा शिक्षकहरू लाई सम्मान गरिएको थियाे जसमा पद्माेदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक मीनाकुमारी काेइराला , तरूण माध्यमिक विद्यालयकी प्र अ प्रमिला कफ्ले , कुलेश्वर मा विका प्र अ एस के नेपाल, पञ्चकन्या अाधारभूत विद्यालयकी प्र अ विनीता रञ्जित , पराेपकार मा वि का प्र अ माेहनबहादुर श्रेष्ठ , नेपाल युवक मा वि कि प्रअ सरिता क्षेत्री , ज्ञानाेदय मा वि कि स प्र अ विष्णु रिमाल , विश्वनिकेतन मा वि का शिक्षक विष्णुहरि अधिकारी, विजय स्मारक मावि का शिक्षक लक्ष्मी बस्नेत रहनु भएकाे थियाे । कार्यक्रममा नेपाल शिक्षक संघ महानगर कार्य समितिकाे अायाेजनामा भएकाे १ दिने प्रश्न पत्र निर्माण कार्यशाला सहभागी महानगरका ९१ सामुदायिक विद्यालयका करिब १५० जना शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे भने २०७५ सालमा शिक्षक सेवा अायाेगबाट लिईएकाे अान्तरिक र खुल्ला परीक्षामन सफल भएका शिक्षकहरूलाई बधाई तथा शुभकामनासहित उत्प्रेरणा पत्र प्रदान गरिएकाे थियाे भने , काठमाडौं महागरकी उपप्रमुख हरि प्रभा खड्गीले काठमाडौं महानगरले शिक्षा क्षेत्रमा धेरै काम गर्न थालेकाे कुरा व्यक्त गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *