काठमाडौं – विद्यालयको भौतिक पूर्वाधार तथा मापदण्ड, विद्यालय शिक्षाको पाठ्यक्रमको ढाँचा तथापाठ्यपुस्तकको स्तर, सिकाइको सुनिश्चिता तथा शिक्षाको गुणस्तर, परीक्षण प्रणाली तथा समकक्षताको आधार निर्धारण, छात्रवृत्ति, अनुसन्धान तथा विकास र शिक्षासँग सम्बन्धित अन्य आवश्यक व्यवस्था गर्न र विद्यालय तथा शिक्षण संस्थामा सुशासन प्रवद्र्धन गर्न तयार पारिएको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ पारित भएको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक माननिय जयपुरी घर्तीले २०७६ साल माघ २४ गते बसेको बैठकद्धारा सर्वसहमतिले पारित गरिएको विधेयक आज फाल्गुन ३ गते बसेको प्रतिनिधि सभाको बैठकमा पेश गरेकी छन् । तत्कालै प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले पारित गरियोस भनि पेश गरिएको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख अग्नी सापकोटाले सर्वसहमतीले पास भएको घोषणा गरेका थिए । यस संगै शिक्षा सम्बन्धि बाझिएका कतिपय कानुनहरुको काम गर्न बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *