तनहुँ– नेपाल शिक्षक संघ म्याग्दे गाउँपालिकाको दोस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा छिट्टै कसैले नसोचेको किसिमबाट राजनीतिक दुर्घटना हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षकहरूको निकै ठूलो योगदान रहेको र फेरि एकपटक शिक्षकहरूले लोकतन्त्रको लागि कठिनाइ सामना गर्न तयार रहनुपर्ने अबस्थामा देश पुगेको बताएका छन् । सभालाई सम्बोधन गर्दै पौडेलले तमाम कांग्रेसका कार्यकर्ताहरुलाई गुट उपगुटबाट मुक्त हुन आग्रह गरेका छन । देशमा कम्युनिष्टहरुले कानुनी राज्यको उपहास गरिरहेका बेला प्रमुख प्रतिपक्ष कांग्रेस बलियो हुन आवश्यक रहेको उनले बताए । प्रमुख प्रतिपक्ष दल समेत गुट उपगुट र घात प्रतिघातमा लाग्दा दुई तिहाइको दम्भमा चलिरहेको वर्तमान सरकारले अरु अधिनायकवाद तर्फ उन्मुख हुन सक्ने पौडेलले बताएका छन् । शिक्षकहरु बौद्धिक र सचेत वर्ग रहेकाले मुलुक संकटमा रहेका बेला शिक्षकहरुको भूमिका थप महत्वपूर्ण हुने भन्दै इतिहासमा शिक्षक संघले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै पौडेलले पुरानो साख जोगाउन आवश्यक रहेको बताए । नेपाल शिक्षक संघ म्याग्दे गाउँ कार्य समितिका अध्यक्ष अशोकचन्द्र वाग्लेको सभापतित्वमा भएको सो कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, नेपाल शिक्षक संघ संघीय महासचिव (अर्थ) पुष्पकला भट्टराई, नेपाल शिक्षक महासंघका संघीय उपमहासचिव विजयराज पौडेल लगाएतले शिक्षकका हकहित र शिक्षक संघको योगदानका विषयमा मन्तब्य राखेका थिए । त्यसै अवसरमा तत्कालीन बिद्यालय स्रोत व्यक्ति समाजका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष, हुतमणि अधिकारीलाई तनहुँ र म्याग्दे गाउँपालिका साथै तत्कालीन थर्पु स्रोतकेन्द्रमा स्रोत व्यक्तिका रुपमा रही शिक्षाक्षेत्रको उन्नयनमा पुर्याउनु भएको उत्कृष्ट र अतुलनीय योगदानको कदर स्वरुप सम्मान र प्रशंसाापत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *